• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

इजरायलको ७७औं स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्धको ६५औं वार्षिकोत्सव मनाइयो

  •  संवाददाता
  • २०८२ जेष्ठ ४, आईतवार १३:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, नेपालस्थित इजरायलको राजदूतावासले बिहीबार काठमाडौंमा एक भव्य स्वागत समारोह आयोजना गर्दै इजरायलको ७७औं स्वतन्त्रता दिवस र नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वर्षगाँठ उत्साहका साथ मनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि नेपालका उपराष्ट्रपति सम्माननीय रामसहाय प्रसाद यादव थिए। समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, कूटनीतिक नियोगका सदस्यहरू, व्यवसायी, सञ्चारकर्मीहरू र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

    इजरायलका राजदूत शमुलिक एरी बासले स्वागत मन्तव्य दिँदै इजरायलको लामो यात्रा– संघर्ष, एकता र नवीनताबाट भरिएको इतिहासबारे चर्चा गरे। सन् १९६० जुन १ मा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबीचको मित्रता झन बलियो बनेको उल्लेख गर्दै उनले भने, “इस्रायलको शक्ति जनताको आत्मामा निहित छ। नेपालसँग मिलेर हामी उज्यालो भविष्य निर्माण गर्ने प्रयत्नमा छौं।”

    राजदूत बासले कृषि, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा नेपाल–इजरायल सहकार्य विस्तार भएको जानकारी दिँदै विशेष गरी “लर्न एण्ड अर्न” कार्यक्रमअन्तर्गत ४,००० भन्दा बढी नेपाली युवाहरूले इजरायलमा आधुनिक कृषि तालिम प्राप्त गरिसकेको बताए।

    कार्यक्रममा अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा गराइएको आतंकवादी आक्रमणको पीडादायी स्मरण गरिएको थियो। त्यस घटनाबाट बाँच्न सफल नेपाली नागरिक धनबहादुर चौधरी र इजरायली नागरिक नोआ बीयरको मार्मिक भिडियो सन्देश प्रस्तुत गरिएको थियो। अपहरणमा परेका नेपाली बिपिन जोशीका दिदीको भावुक सन्देशले उपस्थित दर्शकहरूलाई निकै भावुक बनायो।

    हिमाली बोर्डिङ स्कुलका विद्यार्थीहरूले इस्रायली झन्डाका रंगहरू र नेपाली परम्परागत पहिरनमा विशेष सांस्कृतिक नृत्य प्रस्तुत गर्दै कार्यक्रममा रमाइलोपन थपे। सहभागीहरूले इजरायली र नेपाली खानाको स्वाद लिँदै इस्रायल विषयवस्तुमा आधारित फोटो बुथमा फोटो खिचाउँदै रमाइरहेका थिए।

    कार्यक्रममा प्रस्तुत गरिएको विशेष भिडियोले इजरायलको २,००० वर्ष लामो आशा, संघर्ष र मातृभूमिमा पुनः आगमनको प्रेरणादायी यात्रालाई देखाएको थियो, जसले इस्रायली जनताको अदम्य साहस र आत्मबललाई प्रतिबिम्बित गर्‍यो।

    यस कार्यक्रममा “योम हाजिकारोन” (स्मृति दिवस) देखि “योम हात्स्माउत” (स्वतन्त्रता दिवस)सम्मको भावनात्मक यात्रा– दुःखबाट उत्सवसम्मको रूपान्तरणलाई सजीव रूपमा प्रस्तुत गरिएको थियो।

    Post Views: 147

    प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार १३:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जापान जान लागेका विद्यार्थीका लागि सुयन एजुकेशनद्वारा जानकारीमूलक सेसन सम्पन्न
    काठमाडौंमा स्टडी कनेक्ट नेपालको विशेष जानकारीमूलक सत्र : फ्रान्समा एआई र डेटा साइन्स अध्ययनका अवसरहरू
    ग्लोबल एजुकेशन मोबिलिटी र वर्तमान चुनौतीहरूबारे ECAN को आधिकारिक धारणा
    ताजा अपडेट
    • १. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ५. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.