• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रतापपुर गाउँपालिकाका शिक्षकहरुले सिके सांकेतिक भाषा

  •  संवाददाता
  • २०८२ जेष्ठ ८, बिहीबार १०:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी, ८ जेठ ।

    सांकेतिक भाषाको माध्यमबाट शिक्षण कार्यलाई प्रभावकारी बनाउन पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका शिक्षकहरुलाई सांकेतिक भाषा तालिम सञ्चालन गरिएको छ ।
    प्रतापपुरको बेलाटारीस्थित बहिरा विद्यार्थी स्रोत कक्षा सञ्चालन गरिरहेको त्रिभुवन माविमा बुधबारदेखि शुरु भएको पन्ध्र दिने उक्त तालिममा पालिकाका विभिन्न ११ विद्यालयका शिक्षकसहित १५ जनाको सहभागिता छ ।
    युनाइटेड मिसन टु नेपाल(यूएमएन) र सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा सञ्चालित अपांगता समावेशी विकास परियोजनाको सहयोग र प्रतापपुर गाउँपालिकाको आयोजनामा सांकेतिक भाषा प्रशिक्षण सञ्चालन गरिएको हो ।
    सुस्त श्रवण भएका बालबालिकालाई शिक्षण गर्न शिक्षकलाई सहज बनाउने उद्देश्यले उक्त प्रशिक्षण सञ्चालन गरिएको अपांगता समावेशी विकास परियोजनाका संयोजक श्याम सुन्दर ढुंगानाले जानकारी दिनुभयो ।
    “बुझ्न पाउने सबै नागरिकको अधिकार हो”, उहाँले भन्नुभयो, “स्रोत कक्षा बाहेक अन्य विद्यालयमा पनि बहिरा बालबालिकाले पढ्न सक्ने वातावरणका लागि शिक्षकहरुमा सांकेतिक भाषाको ज्ञान हुनु जरुरी छ, त्यस कारणले पनि यो तालिम फलदायी हुने विश्वास लिएका छौँ ।”

    सांकेतिक भाषाको ज्ञान नहुँदा बहिरा विद्यार्थीले व्यक्त गर्न खोजेको कुरा शिक्षकले नबुझ्ने र शिक्षकले पनि बुझाउन नसक्दा विद्यार्थीहरुलाई पढाइप्रति रुची घट्ने भएकोले शिक्षकहरुलाई सांकेतिक भाषा सिकाउन खोजिएको यूएमएनका परियोजना म्यानेजर अर्जुन तामाङ्गले बताउनुभयो । “विद्यार्थीले भनेको शिक्षकले बुझ्ने र शिक्षकले पनि विद्यार्थीलाई बुझाउन सक्ने भएमा बहिरा विद्यार्थीले पनि अन्य विद्यार्थी सरह सँगै अध्ययन गर्न सक्ने र विद्यालय छोड्नुपर्ने बाध्यताको अन्त्य हुन्छ, यस्तो खुशी ल्याउन शिक्षक दक्ष हुनुपर्छ”, उहाँले भन्नुभयो ।
    पन्ध्र दिनसम्म सञ्चालन हुने उक्त तालिममा सांकेतिक भाषाकी विज्ञ यशोदा थापाले प्रशिक्षण दिनुहुने सुनवल सामुदायिक विकास केन्द्रकी समावेशी तथा पुनःस्थापना संयोजक राधा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा शिक्षकसँगै अपांगता प्रवद्र्धन समितिबाट दुई जना,स्वावलम्बन समूहबाट एक जना तथा गाउँपालिकाको महिला तथा बालबालिका शाखाबाट एक जना कर्मचारीको पनि सहभागिता छ ।

    प्रतापपुर गाउँपालिकाको बेलाटारीस्थित त्रिभुवन माविमा सञ्चालित बहिरा विद्यार्थी स्रोत कक्षा गाउँपालिकाको एकमात्र र जिल्लाकै पूरानो स्रोत कक्षा हो । पश्चिम नवलपरासीमा हाल बहिरा विद्यार्थीका लागि दुई वटा विद्याथलयमा स्रोत कक्षा सञ्चालन छ ।
    बहिरा विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा पालिकामै एकमात्र र त्यहाँ पनि ५ सम्म मात्र अध्ययन अध्यापन हुने गरेको त्रिभुवन माविका प्रधानाध्यापक नारद ठाकुरले जानकारी दिनुभयो । हाल उक्त स्रोत कक्षामा ५ जना विद्यार्थी अध्यनरत छन् ।
    “शिक्षकलाई सांकेतिक भाषाको ज्ञान भएमा स्रोत कक्षा बाहेक अन्य विद्यालयमा पनि बहिरा बालबालिकाले सहजै शिक्षा हासिल गर्न सक्छन्”, उहाँले भन्नुभयो । सांकेतिक भाषाबाट पढाइ नहुने भएकोले यस क्षेत्रमा अधिकांश बहिरा विद्यार्थीले कक्षा ५ पछि पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको अभिभावक बताउँछन् ।
    विगत तीन वर्षदेखि जिल्लाको प्रतापपुर र पाल्हीनन्दनमा सञ्चालनमा रहेको अपांगता समावेशी विकास परियोजनाले अपांगता भएका व्यक्ति तथा उनीहरुको परिवारको आयआर्जन,सीप अभिवृद्धि तथा जीविकोपार्जनको क्षेत्रमा सहयोग गर्नुका साथै क्षमता विकास र संरक्षणका लागि काम गर्दै आएको परियोजनाका संयोजक ढुंगानाले बताउनुभयो । परियोजनाले उनीहरुको हकअधिकार सुनिश्तिताका लागि पैरवी गर्ने, अपांगता मैत्री नीति निर्माणमा स्थानीय सरकार तथा सरोकारवालासँग सहकार्य गर्ने तथा अपांगता भएका बालबालिकालाई शिक्षामा पहुँच बढाउन समेत पहल गर्दै आएको जनाएको छ ।

    Post Views: 202

    प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १०:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.