३० अशोज २०८३, शुक्रबार

बर्दघाट सरकार समक्ष बिद्यालय कर्मचारीको गुहार, काम गर्ने बातावरण दिनुस !

नवलपरासी/ बर्दघाट नगरपालिका अन्तर्गत रहेका सामुदायिक बिध्यालयमा कार्यरत कर्मचारिले बिद्यालयमा सहज अवस्थामां काम गर्ने बातावरण बनाइदिन बर्दघाट नगरपालिकाका नगरप्रमुख शुम्भुलाल श्रेष्ठ समक्ष हार-गुहार गरेका छन।

बर्दघाट नगरपालिका अन्तरगत रहेका सामुदायिक बिद्यालयमा ११ जना बिद्यालय कर्मचारी  (लेखापाल) रहेका छन।लामो समयदेखी न्यून ज्यालामा काम गर्न कठिन अवस्थामा रहेका कर्मचारिले  स्थानिय सिंह दरवारका प्रमुख समक्षबिन्ती चढाएका छन।

कार्यरत बिधालय कर्मचारिले केन्द्रको सिंह दरवारबाट प्रती महिनादिन काम गरेको १३ हजार ५ सय रुपैया र स्थानियसिङ्ह दरवारले ७ हजार थप दिदै आएको छ। अत्यधिक महङ्गी,लामो समयसम्म काममा खटिनु पर्ने बाध्यता तरज्याला अत्यधिक न्यून भएको  हुँदा  प्रा बि तृतिय श्रेणिका शिक्षक सरहको सेवा सुबिधा उपलब्ध गराइदिन हुनकर्मचारिले बिन्ती गरेका छन ।

कर्मचारिले गरेको बिन्तिलाई सरकार प्रमुखकोनाताले नगरप्रमुख श्रेष्ठले अन्य पालिकाभन्दा राम्रो सेवा सुबिधा उपलब्धगराउने बाचा गरेका छ्न। आउदो आर्थिक बर्ष देखिनै लागुहुने गरि ज्याला वृद्धि गरिदिने आस्वासन नगर प्रमुखद्वारा प्राप्त भएको पिड़ित बिद्यालय कर्मचारीले बताएका छन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार