गेट कलेजले आफ्नो १५औं दीक्षान्त समारोह काठमाडौंको सोल्टी होटलमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने कलेजको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धिलाई स्मरण गरिएको थियो।

समारोहमा विशेष अतिथिका रूपमा स्विजरल्यान्डकी राजदूत महामहिम डा. डेनियेल म्युली, प्रख्यात कलाकार, लेखक तथा समाजसेवी मनिषा कोइराला, गेट कलेजका अध्यक्ष सुदर्शन चापागाईं, कूटनीतिज्ञ तथा अर्थशास्त्री डा. दुर्गेशमान सिंह, र कार्यवाहक डीन तारा जंग थापा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहको सुरुआत कार्यक्रम संचालकले स्नातक विद्यार्थीहरूको घोषणा गर्दै गरेका थिए। त्यसपछि नेपाली र स्विस राष्ट्रिय गान बजाइएको थियो, जसले नेपाल–स्विजरल्यान्ड सम्बन्धलाई सम्मानजनक रूपले प्रस्तुत गर्यो। महामहिम डा. डेनियेल म्युली र अध्यक्ष सुदर्शन चापागाईंले पनस बाली कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रममा गेट कलेजको ‘Source Book’ सार्वजनिक गरिएको थियो, जसमा कलेजका उपलब्धिहरू, अनुसन्धान र योगदानको समेटिएको थियो। अध्यक्ष सुदर्शन चापागाईंले स्वागत मन्तव्य दिँदै गेट कलेजले आतिथ्य शिक्षामा विश्वस्तरीय मापदण्ड कायम गर्दै आएको उल्लेख गरे।
EHL (École hôtelière de Lausanne), Switzerland का Chief Academic Officer डा. जुआन फ्रान्सिस्को पेरेलोनको भिडियो सन्देशमार्फत गेट कलेजको अन्तर्राष्ट्रिय पहिचानको चर्चा गरिएको थियो।
डा. दुर्गेशमान सिंहले शैक्षिक परिषद्को तर्फबाट मन्तव्य दिएका थिए भने ईएचएलका दक्षिण एसिया, म्यानमार तथा मध्यपूर्व क्षेत्रका निर्देशक कनव माटले आतिथ्य शिक्षाको परिवर्तनशील प्रवृत्तिबारे मुख्य सम्बोधन गरेका थिए। मनिषा कोइरालाले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै भविष्यप्रतिको उत्साह र लगनशिलता आवश्यक रहेको बताइन्।
कार्यक्रममा गेट कलेज शैक्षिक परिषद्का अध्यक्ष प्रो. डा. पिटर जोन्स र गेट एलुमनाइ तथा सफल उद्यमी सुदर्शन पौडेलको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो।
राजदूत डा. डेनियेल म्युलीले मुख्य सम्बोधन दिँदै आतिथ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वबारे जोड दिइन्। कार्यवाहक डीन तारा जंग थापाले स्नातक विद्यार्थीहरूलाई शपथ गराएका थिए।
दीक्षान्त समारोहको एक विशेष हिस्सा प्रमाणपत्र वितरण रहेको थियो। राजदूत डा. म्युलीले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिन्, अध्यक्ष सुदर्शन चापागाईंले पदक वितरण गरे, मनिषा कोइरालाले गुलाफ प्रदान गरिन्, डा. दुर्गेशमान सिंहले ‘प्राइड पिन’ लगाए, र तारा जंग थापाले विद्यार्थीहरूसँग हात मिलाउँदै बधाई दिएका थिए।
गेट कलेजमा योगदान पुर्याएका अतिथि र एलुमनाइहरूलाई सम्मानस्वरूप स्मृति चिह्न पनि प्रदान गरिएको थियो।
समारोहको अन्त्यतिर विभिन्न विधामा पुरस्कारहरू प्रदान गरियो:
-
GATE Student Icon – मनिषा कोइराला
-
GATE Goodwill Ambassador – महामहिम डा. डेनियेल म्युली
-
Best Research Project – डा. दुर्गेशमान सिंह
-
Dean’s Merit List – तारा जंग थापा
कार्यक्रमको समापन गेट कलेजका संस्थापक तथा सीईओ खेमराज लकाइ को धन्यवाद ज्ञापनसहित सम्पन्न भयो। उनले सहभागी सबै अतिथि, विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई आभार व्यक्त गर्दै गेट कलेज आतिथ्य शिक्षामा उत्कृष्टता हासिल गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
यस समारोहले केवल स्नातक विद्यार्थीहरूको उपलब्धि मात्र होइन, नेपाललाई विश्व पर्यटन शिक्षा केन्द्रको रूपमा स्थापित गर्न आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने गेट कलेजको योगदानलाई पनि उजागर गर्यो।


