• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

‘ECAN ललितपुर एजुकेशनल युथ समिट 2025’ भव्य रूपमा सम्पन्न

  •  संवाददाता
  • २०८२ जेष्ठ २०, मंगलवार १४:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर, जेठ १९, २०८२: एजुकेशनल कन्सल्टेन्सी एशोसिएसन अफ नेपाल (ECAN) ललितपुर शाखाको आयोजनामा ‘ECAN ललितपुर एजुकेशनल युथ समिट 2025’ ललितपुरस्थित होटल हिमालयनमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा विद्यार्थी, शैक्षिक परामर्शदाता, विश्वविद्यालय प्रतिनिधिहरू, तथा विभिन्न क्षेत्रका युवा उद्यमशीलहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको औपचारिक उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माननीय माधवकुमार नेपालले दीप प्रज्वलन गर्दै गर्नुभएको थियो। उहाँले नेपालको शिक्षा प्रणालीमा परामर्श सेवाको बढ्दो भूमिकालाई सकारात्मक रूपमा लिँदै यसले विद्यार्थीलाई उपयुक्त गन्तव्य छनौटमा सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो।

    कार्यक्रमको सञ्चालन ECAN ललितपुरका सचिव सनम महर्जनले प्रभावकारी रूपमा गर्नुभएको थियो।

    कार्यक्रममा अर्विन्दकुमार सिंह, अध्यक्ष, ECAN ललितपुरले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा अर्विन्दकुमार सिंह, अध्यक्ष, ECAN ललितपुरले स्वागत मन्तव्य राख्नुभएको थियो। स्वागत मन्तव्यको क्रममा अध्यक्ष अर्विन्दकुमार सिंहले भन्नुभयो, “आजको युग नवप्रवर्तन, प्रविधि र युवाको अपार सम्भावनाबाट निर्देशित भइरहेको छ, र राष्ट्रको समृद्धि युवाको सोच, आत्मविश्वास र क्षमतामा आधारित हुन्छ भन्ने हाम्रो दृढ विश्वास हो। यही सोचका साथ, ECAN ललितपुरले यो शैक्षिक युवा सम्मेलनलाई केवल एउटा कार्यक्रमको रूपमा होइन, परिवर्तन, विकास र प्रेरणाको अभियानको रूपमा अघि सारेको हो। हामी नेपाली शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्न तथा नेपाललाई दक्षिण एशियाको शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न प्रतिबद्ध छौं। यस अर्थपूर्ण अवसरमा यहाँहरूको उपस्थिति र साथप्रति म हार्दिक स्वागत र आभार प्रकट गर्दछु।” तत्पश्चात विद्यार्थीहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरीएको थियो।

    कार्यक्रममा ECAN केन्द्रीय अध्यक्ष श्री शेषराज भट्टाराई, ECAN केन्द्रीय उपाध्यक्ष श्री लक्ष्मण पौडेल र FECE नेपाल अध्यक्ष श्री राजेन्द्र बरालले नेपाली शैक्षिक परामर्श उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाहरूबारे आफ्ना धारणा राख्नुभयो।

    श्री शेषराज भट्टाराईले आफ्नो मन्तव्यमा भन्नुभयो, “शैक्षिक परामर्श उद्योगले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षासम्म पु-याउने पुलको रूपमा काम गरिरहेको छ। तर, यस क्षेत्रमा नीति निर्माणमा स्पष्टता र सबै पक्षको सहकार्य आवश्यक छ।”

    ECAN केन्द्रीय उपाध्यक्ष लक्ष्मण पौडेलले भने, “विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो व्यवसायमा नैतिकता र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ। ECAN यसै दिशामा दृढताका साथ अगाडि बढिरहेको छ।”

    FECE नेपाल अध्यक्ष राजेन्द्र बरालले वर्तमान चुनौतीहरूबारे चर्चा गर्दै भन्नुभयो, “सरकार, नियामक निकाय, र परामर्शदाता बीचको समन्वय अझ प्रस्ट र सुदृढ हुन आवश्यक छ। शिक्षासम्बन्धी नीति निर्माणमा व्यावसायिक सल्लाहकर्ताहरूको पनि योगदान लिनुपर्ने बेला आएको छ।”

    शैक्षिक संस्थाहरूको तर्फबाट British Council, University of Huddersfield (London Campus) र Davis University, USA बाट महत्वपूर्ण प्रस्तुति दिइएको थियो। साथै, Pearson PTE का नेपाल प्रतिनिधि श्री सुमन कुमार श्रेष्ठले आफ्नो मुख्य वक्तव्यमा PTE को विश्वव्यापी मान्यता र तयारीको सन्दर्भमा उपयोगी जानकारी दिनुभयो।

    कार्यक्रम लाई रोचक र मनोरञ्जनात्मक बनाउने उद्देश्य सहित हास्य कलाकार सन्दीप क्षेत्रीद्वारा प्रेरणादायी हाँस्य सत्रले दर्शकलाई मन्त्रमुग्ध बनायो।

    चर्चित गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति र वक्तृत्वकला प्रतियोगिता “The Speaking Talents”, तथा सांस्कृतिक नृत्य प्रतियोगिता जस्ता विविध गतिविधिहरू आयोजना गरिएको थियो। बिध्यार्थीहरूको आकर्षक RC Car Race लगायत बिबिध क्रियाकलापमा केन्द्रित थियो।

    कार्यक्रमको अन्त्यमा पुरस्कार तथा प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

    समग्रमा कार्यक्रम भब्य सब्य र मर्यादित तवरबाट सम्पन्न भएको आयोजकले जानकारी गराएको छ।

    कार्यक्रमको समापन ECAN केन्द्रीय अध्यक्ष शेषराज भट्टराई को समापन मन्तव्यद्वारा समिट सम्पन्न भएको घोषणा गरिएको थियो।

    Post Views: 375

    प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार १४:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.