• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

हब इन्टरनेशनल एजुकेशनको ग्राण्ड मल्टिडेस्टिनेशन एजुकेशन फेयर–२०२५ सफल, विश्वविद्यालय प्रतिनिधिबाट गन्तव्य देश, पाठ्यक्रम र सुविधाबारे प्रत्यक्ष जानकारी

  •  संवाददाता
  • २०८२ जेष्ठ १९, सोमबार १४:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, २०८२ जेठ — हब इन्टरनेशनल एजुकेशनले आयोजना गरेको ‘ग्राण्ड मल्टिडेस्टिनेशन एजुकेशन फेयर–२०२५’ भव्य रूपमा सम्पन्न भएको छ। हबको काठमाडौंस्थित हात्तीसार केन्द्रीय कार्यालय र ललितपुरस्थित कुमारीपाटी शाखामा दुई दिनसम्म सञ्चालन भएको उक्त शैक्षिक मेलामा करिब पाँच सय विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो।

    मेलामा सहभागी भएका विद्यार्थी र अभिभावकले अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड, आयरल्याण्ड, जर्मनी, डेनमार्क, स्विडेन, फिनल्याण्ड, भारतलगायत ३० भन्दा बढी देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाए। प्रतिनिधिहरूले गन्तव्य देशको शैक्षिक प्रणाली, उपलब्ध छात्रवृत्ति, भर्ना प्रक्रिया, शुल्क संरचना तथा अध्ययनको वातावरणबारे विद्यार्थीलाई विस्तृत जानकारी दिएका थिए।

    विश्वविद्यालय प्रतिनिधिबाट उपयोगी जानकारी

    विदेशबाट आएका विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरूले मेलामा विद्यार्थीका लागि आकर्षक अवसरहरूको जानकारी गराउँदै उनीहरूको जिज्ञासा समाधान गरेका थिए। प्रतिनिधिहरूले आफ्नो देशमा उपलब्ध प्रमुख कोर्सहरू — बिजनेस, इनफरमेसन टेक्नोलोजी, हेल्थ साइन्स, इन्जिनियरिङ, हस्पिटालिटी, साइकोलोजी लगायतका विषयमा अध्ययन गर्ने अवसर र तिनका विशेषताहरूबारे जानकारी दिएका थिए। साथै, विश्वविद्यालयको भौतिक पूर्वाधार, अनुसन्धान अवसर, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विशेष समर्थन प्रणाली, तथा रोजगारको सम्भावनाबारे पनि महत्वपूर्ण जानकारी दिनुभएको थियो।

    विद्यार्थीले प्रत्यक्ष रूपमा विश्वविद्यालयको प्रतिनिधिसँग संवाद गर्न पाएको अवसरले उनीहरूलाई आगामी अध्ययन योजनाबारे अझ स्पष्ट दृष्टिकोण बनाउन सहयोग पुगेको थियो। धेरै विद्यार्थीहरूले यस प्रकारको प्रत्यक्ष अन्तरक्रियालाई ‘दिशानिर्देशक’ अनुभव गरेका छन्।

    हब इन्टरनेशनल एजुकेशनकी प्रमुख कार्यकारी अधिकृत (CEO) सारिता खड्काले शैक्षिक मेलामा सहभागी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा विश्वविद्यालय प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीदेखि प्रतिनिधिसम्मको गहिरो सहभागिताले कार्यक्रमलाई सफल बनाएको छ। विद्यार्थीहरूको जिज्ञासा, प्रतिनिधिहरूको योगदान र अभिभावकको साथले हामीलाई यस्ता ज्ञानमूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजान प्रेरणा दिएको छ।”

    उहाँले आगामी दिनहरूमा पनि हब इन्टरनेशनल एजुकेशनले यस्ता कार्यक्रममार्फत विद्यार्थीको उच्च शिक्षामा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    विशेष अवसर र सुविधा

    मेलाको अवसरमा हबले सहभागी विद्यार्थीहरूलाई अंग्रेजी भाषा परीक्षा तयारी — आइएलटिस र पिटिई — को शुल्क विशेष छुटसहित केवल रू. २,०८२ मा सुरु गर्न सकिने अवसर प्रदान गरेको थियो। बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो।

    कक्षा १२ सकाएका र स्नातकपछि उच्च शिक्षाको योजना बनाइरहेका विद्यार्थीहरूका लागि यो शैक्षिक मेला मार्गदर्शन र जानकारीको उपयोगी थलो सावित भएको हब इन्टरनेशनल एजुकेशनले विश्वास लिएको छ। प्रत्यक्ष संवाद, प्रस्ट जानकारी र व्यावहारिक मार्गदर्शनका कारण मेला सहभागीहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ।

    Post Views: 299

    प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार १४:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.