काठमाडौँ, “शिक्षामा सहकार्यको साझा दृष्टिकोण” भन्ने मूल नारासहित शैक्षिक नेतृत्व सम्मेलन २०२५ (Academic Leadership Summit 2025) भव्य रूपमा काठमाडौँको र्याडिसन होटलमा सम्पन्न भयो। भारतको प्रतिष्ठित शैक्षिक संस्था Graphic Era (Deemed to be University), Dehradun र नेपालमा शैक्षिक सहकार्य प्रवर्द्धन गर्दै आइरहेको संस्था iEducationalize – Connect to Grow को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनले नेपाल-भारत शैक्षिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य बोकेको थियो।

सम्मेलनमा शिक्षा क्षेत्रका वरिष्ठ नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थियो। भारतबाट आएका प्रोफेसर कमल कुमार घन्शाला, जो Graphic Era Group of Institutions का संस्थापक अध्यक्ष हुन्, सम्मेलनका प्रमुख वक्ता थिए। उनले शैक्षिक रूपान्तरण, नेतृत्वको दर्शन, र समावेशी सहकार्यको महत्वबारे गहिरो विचार प्रस्तुत गर्दै भने, “शिक्षा राष्ट्रको आत्मा हो। गुणस्तरीय शिक्षा नीतिगत स्पष्टता, नेतृत्वको दृढता र अन्तरसंवादबाट मात्र सम्भव हुन्छ।”
प्रो. घन्शालाको समर्पणले Graphic Era University लाई भारतकै उत्कृष्ट निजी विश्वविद्यालयहरूमध्ये एक बनाएको छ। विज्ञान, प्रविधि, व्यवस्थापन, मानविकी लगायतका क्षेत्रमा उत्कृष्टता हासिल गर्दै आएको यो संस्थान आज अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित छ। उनको नेतृत्वमा विश्वविद्यालयले नवप्रवर्तन, अनुसन्धान र औद्योगिक सहकार्यमा नयाँ उचाइ लिएको छ।
सम्मेलनमा नेपालका चार प्रमुख शैक्षिक व्यक्तित्वहरू पनि वक्ताका रूपमा उपस्थित थिए:
- Mr. A. Jerald, Principal, Kendriya Vidyalaya
-
Ms. Neera Pradhan, Principal, Triyogam International Academy
-
Mr. Chandrayan Pradhan Shrestha, Principal, The Chandbagh School
-
Ms. Shikha Gupta, Director, Educationalize
यी सबै वक्ताहरूले नेपाली शैक्षिक प्रणालीमा नेतृत्व, शिक्षक-विद्यार्थी सम्बन्ध, पाठ्यक्रम विकास, र प्रविधिको प्रयोगजस्ता विषयमा आ–आफ्ना दृष्टिकोण राखे। सम्मेलनले विभिन्न विद्यालय तथा संस्थाबीच सहकार्यको नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।
iEducationalize – Connect to Grow का निर्देशक शिखा गुप्ताले सम्मेलनमा स्वागत मन्तव्य दिंदै नेपाली शैक्षिक संस्थाहरूलाई भारत, बंगलादेश र अन्य देशका विश्वविद्यालयहरूसँग जोड्ने कार्यमा Educationalize को सक्रिय भूमिका रहने बताइन्।
शैक्षिक नेतृत्व सम्मेलन २०२५ काठमाडौँमा सम्पन्न हुनु केवल एउटा औपचारिक कार्यक्रम मात्र थिएन, यो नेपाल-भारत शैक्षिक सम्बन्धको नयाँ अध्याय प्रारम्भ गर्ने प्रयास थियो। प्रो. कमल घन्शालाजस्तो दूरदर्शी शैक्षिक नेतृत्वकर्ताको उपस्थितिले सम्मेलनलाई अझ विशेष बनायो। सहभागी संस्थाहरूबीच अब आगामी दिनहरूमा संयुक्त कार्यक्रम, अनुसन्धान सहकार्य र विद्यार्थी/शिक्षक आदानप्रदान कार्यक्रमको सम्भावना प्रबल देखिएको छ।


