• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    News24television AWSAR PROGRAM Free Educational Consultancies' Organization Nepal NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP #निर्वाचन #विवरण

इजरायलका राजदूत बासको भनाइ : आतंकवादीसँग सम्झौता अस्वीकार्य

  •  संवाददाता
  • २०८२ आश्विन १०, शुक्रबार ११:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपालस्थित इजरायलका राजदूत श्मुलिक एरी बासले कुनै पनि राष्ट्रले नरसंहारमा संलग्न र आफ्नो विनाशमा कटिबद्ध आतंकवादी संगठनलाई सहन गर्न नहुने स्पष्ट गरेका छन् । उनले इजरायलको मुख्य उद्देश्य सबै अपहृतको मुक्तिको रहेको जनाउँदै नेपालका बिपिन जोशीलाई समेत हामासको कब्जाबाट मुक्त गराउन प्रतिबद्धता व्यक्त गरे ।

    राजदूत बासका अनुसार, “इजरायलको उद्देश्य सबै अपहृतको उद्धार गर्नु र गाजालाई हामास आतंकवादीको नियन्त्रणबाट स्वतन्त्र गराउनु हो ।” उनले संयुक्त राष्ट्रसंघका पछिल्ला प्रस्तावमा इस्रायलविरुद्धको पूर्वाग्रह रहेको भन्दै आपत्ति जनाए । उक्त महासभा प्रस्तावले युद्धविराम मात्र माग गरेको तर हामासले कब्जा गरेका बन्धकको मुक्तिबारे मौन बसेको उल्लेख गर्दै उनले नेपालले समेत आफ्नै नागरिक बिपिन जोशीको मुक्तिको पक्षमा आवाज नउठाएकोमा खेद प्रकट गरे ।

    उनले हामासले गाजामा राहतसम्बन्धी झुटो प्रचार गरेको तर इजरायलले पानी, खानेकुरा र बिजुली आपूर्ति गरिरहेको प्रस्ट पारे । “हामाससँग अझै हजारौँ शस्त्रधारी आतङ्ककारी छन् र उनीहरूले अक्टोबर ७ को नरसंहार दोहोर्‍याउने धम्की दिइरहेका छन्,” राजदूत बासले भने ।

    यसैबीच, इजरायल दूतावासकी उपमिशन प्रमुख जनान बेबारले पत्रकार सम्मेलनमार्फत गाजाको वास्तविकता र इजरायलको दृष्टिकोण प्रस्तुत गरिन् । उनले भनिन्, “विश्व समुदायले हामासलाई खुसी पार्ने निर्णय नगरी तथ्यमा आधारित भएर मात्र कदम चाल्नुपर्छ ।”

    उनले हामासका अपराधलाई बेवास्ता गरी इजरायल र यहूदी समुदायलाई दोषारोपण गर्ने प्रवृत्तिको निन्दा गर्दै अन्तर्राष्ट्रिय समाजलाई सत्य बुझ्न आग्रह गरिन् ।

    Post Views: 98

    प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार ११:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना
    दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन
    गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट
    ताजा अपडेट
    • १. फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना

    • २. दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

    • ३. एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ

    • ४. ३ महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    • ५. गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

    चर्चित
    • १. पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • २. कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

    • ३. नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

    • ४. ३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

    • ५. अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ पर्यटकले गरे नेपाल भ्रमण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.