७ कार्तिक २०८३, शुक्रबार

पाल्ही बहुमुखी क्याम्पस,परासीमा रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न

परासी, २ असोज । युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले पश्चिम नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पस जीतपुरमा रक्तदान उत्प्रेरणाका लागि सचेतना कार्यक्रम गरिएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीको आयोजना तथा पाल्ही क्याम्पसको सहआयोजनामा आज उक्त कार्यक्रम गरिएको हो ।
रक्तदाता समाजका जिल्ला अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा पाल्ही क्याम्पस सञ्चालक समिति अध्यक्ष राधेश्याम पाठकको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा क्याम्पसका विद्यार्थी तथा प्राध्यापकहरुलाई रक्तदानको महत्व, प्रक्रिया, फाइदा लगायतको विषयमा सहजीकरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका परियोजना संयोजक अनुप खड्काले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । पाल्ही क्याम्पसमा यही असोज ५ गते हुने रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा रक्तदान उत्प्रेरणा कार्यक्रम गरिएको रक्तदाता समाजका अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका अध्यक्ष पाठकले युवाहरु नै रगतको स्रोत भएकोले रक्तदान गर्न आग्रह गर्नुभयो । स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गर्न सकिने बताउँदै उहाँले रगतदान जीवनदान भएकोले यो भन्दा ठूलो दान अरु हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख दीपक अर्याल, रक्तदाता समाजकी जिल्ला उपाध्यक्ष प्रभा ज्ञवाली, पाल्ही क्याम्पस स्ववियू सभापति नीरज धवल लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको नेपाल स्वयमसेवी रक्तदाता समाजकी जिल्ला सचिव पुष्पा लामाले जानकारी दिनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार