• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काठमाडौँमा पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पसबाट एआई केन्द्रित नयाँ शैक्षिक कार्यक्रम

  •  संवाददाता
  • २०८२ कार्तिक २, आईतवार १२:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । पोखरा विश्वविद्यालयले काठमाडौँ उपत्यकामा आफ्नो शैक्षिक पहुँच विस्तार गर्दै ललितपुरको च्यासलस्थित ‘श्रमिक शान्ति क्याम्पस’लाई आधिकारिक रूपमा आङ्गिक क्याम्पसको रूपमा संचालनमा ल्याएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई पूर्ण रूपमा गाभिएको घोषणा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।

    यससँगै पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पस संख्या पाँच पुगेको छ । पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा. बुद्धिराज जोशीले काठमाडौँमै पहिलो आङ्गिक क्याम्पस स्थापना हुनु विश्वविद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए।

    पत्रकार सम्मेलनमा बोल्दै पोखरा विश्वविद्यालयका कम्प्युटर विज्ञानका एसोसिएट प्रोफेसर डा. दिपान्जल श्रेष्ठले एआई र डाटा साइन्स विश्वकै तीव्र गतिमा बढिरहेको क्षेत्र भएकाले नेपाली विद्यार्थीहरूका लागि अभूतपूर्व अवसर खुल्दै गरेको बताए। उनले भने —
    “विश्व एआईमा रूपान्तरण हुँदैछ, अब नेपाली विद्यार्थीहरूले उपत्यकामै बसेर ग्लोबल लेवलको सीप सिक्न पाउनेछन्।”

    त्यस्तै मानविकी तथा समाजशास्त्र संकायका डिन डा. सुरेन्द्र तिवारीले पोखरा विश्वविद्यालयले पछिल्ला वर्षहरूमा गुणस्तर र संरचनात्मक सुधारमा महत्वपूर्ण पहल गर्दै आएको बताए। उनले भने —
    “नयाँ संरचना, रोजगारीमुखी कार्यक्रम र पहुँच विस्तारमार्फत पोखरा विश्वविद्यालयले राष्ट्रिय शैक्षिक नेतृत्वलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।”

    यस सत्रदेखि एआई तथा डाटा साइन्स, बीए एलएलबी र सीएसआईटी गरी तीन नयाँ कार्यक्रम काठमाडौँमै सुरु हुने विश्वविद्यालयले जनाएको छ। कार्यक्रममा श्रमिक शान्ति क्याम्पस काठमाडौँका क्याम्पस प्रमुख रोशन मैनाली, उप–प्रशासक श्रीमती सानू घले र BA LLB को-अर्डिनेटर गिरिराज अर्यालको सहभागिता रहेको थियो।

    विश्वविद्यालयका अनुसार ८० प्रतिशत सिटमा शुल्क तिरेर, तथा २० प्रतिशत सिटमा छात्रवृत्तिमा भर्ना खुलाइनेछ। सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिइने र द्वन्द्वपीडित, विपन्न, जनजाति, मधेसी तथा पिछडिएका वर्गका लागि आरक्षणको व्यवस्था रहनेछ।

    चार वर्षे कार्यक्रमका लागि शुल्क संरचना एआई तथा डाटा साइन्स कोर्सको लागि ४ लाख ९८ हजार रुपैयाँ, बीए एलएलबी कोर्सको लागि ४ लाख ३० हजार रुपैयाँ, र ब्याचलर अफ कम्प्युटर सिस्टम एण्ड इनफर्मेशन टेक्नोलोजी (BCSIT) को लागि ४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। विश्वविद्यालयले काठमाडौँमा आफ्नो शैक्षिक प्रभावकारिता थप मजबूत हुने विश्वास व्यक्त गरेको छ।

    Post Views: 580

    प्रकाशित मिति: २०८२ कार्तिक २, आईतवार १२:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.