• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा १० कि.मि सवारीसाधनको जाम

  •  संवाददाता
  • २०८२ कार्तिक १७, सोमबार १४:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारीसाधन नचलाउन प्रहरीले आग्रह गरेको छ ।
    पानी पर्न रोकिए पनि सडक अत्यधिक हिलो र चिप्लो बनेको, साथै सवारीसाधन बिग्रिएर सडक एकतर्फी बनेका कारण यातायात सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक डीएसपी मधु नेपालका अनुसार ठाउँ–ठाउँमा सवारीसाधन बिग्रिएपछि सडक एकतर्फी भएको हो, जसका कारण करिब १० किलोमिटरसम्म सवारीसाधनको लामो लाइन लागेको छ । “दाउन्नेको उकालोमा आधा दर्जनभन्दा बढी सवारीसाधन बिग्रिएका छन्, जसलाई तत्काल हटाउन कठिनाइ छ,” उनले बताए ।

    प्रहरीका अनुसार दाउन्नेको पूर्वी र पश्चिमी दुबै खण्डमा सवारीसाधनको लामो लाइन लागेको छ । पश्चिमबाट पूर्वतर्फ बर्दघाट–दुम्किबास जाने सवारीसाधन केही मात्रामा पास भए पनि पूर्वबाट पश्चिमतर्फ गइरहेका सवारीसाधन अझै रोकिन बाध्य छन् ।
    प्रहरीका अनुसार अहिले दाउन्नेदेखि होङसी सिमेन्ट गेटसम्म सवारीसाधनको लामो लाइन देखिन्छ ।सडकमा अत्यधिक भीड बढेपछि प्रहरीले कावासोती, डण्डा, चोरमारा, अरुणखोला लगायत स्थानमा सवारीसाधनलाई ‘होल्ड’ गरेर राख्न थालेको छ ।

    सडक विभागका अनुसार दाउन्ने सडकखण्डको १४ किलोमिटरमध्ये पश्चिमतर्फका करिब ३ किलोमिटर मात्र पूर्णरूपमा कालोपत्रे गरिएको छ । केही भागमा ढलान कार्य सकिएको भए पनि अधिकांश खण्ड अझै कच्ची र हिलाम्य अवस्थामा छन् ।
    दाउन्नेको चार ठाउँमा कल्भर्ट निर्माण कार्य अधूरो रहँदा सडक एकतर्फी चलाइँदै आएको छ । ढलानको काम भइरहेका स्थानमा पनि सवारीसाधन एकतर्फी गुड्न बाध्य छन्, जसका कारण सामान्य वर्षा भए पनि यातायात सञ्चालन ठप्प हुने अवस्था दोहोरिँदै आएको छ।

    Post Views: 199

    प्रकाशित मिति: २०८२ कार्तिक १७, सोमबार १४:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.