पश्चिम् नवलपरासी ।
जेनजी प्रदर्शनका क्रममा गत भदौ २५ गते पश्चिम् नवलपरासीको कारागारबाट निस्किएका कैदीबन्दीहरुमध्ये अझै २०४ जना सम्पर्कविहिन छन् । सम्पर्कविहिन भएकामध्ये ३९ जना भारतीय नागरिक छन् ।

५४६ जनामध्ये ३४२ जना सम्पर्कमा आएका थिए । सम्पर्कमा आएका मध्य ३२२ जना जिल्लामै र १० जना अन्य जिल्लाबाट समातिएका हुन् । ‘केही आफै आएका हुन्, केहीलाई अभिभावकले बुझाएको र केहीलाई प्रहरीले पक्राउ गरी कारागार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) अनुपम श्रेष्ठले जानकारी दिनु भयो ।
कारागारबाट निस्किएका नेपालीलाई पक्राउ गरेर ल्याउन संभव देखिएपनि भारतीय नागरिकलाई ल्याउनका लागि भने समस्या भएकाले भारतीय नागरिक कैदीबन्दीलाई ल्याउनका लागि भारतको युपी र बिहानर प्रदेशस्थित प्रहरी प्रशासनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
पश्चिम् नवलपरासीको कारागार सुरक्षार्थ खटिएकामध्ये ६ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर कैदीबन्दीहरु भदौ २५ गते निस्किएका थिए ।



