७ अशोज २०८३, बुधबार

पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनवल ।
पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सुस्ताको पुलको चरम दुरुपयोग ,पुल लागुऔषध ओसारपसार गर्ने माध्यम भएको , परासी क्षेत्रमा औद्योगिक प्रदुषण तिब्र बढ्दो तर सम्बन्धित निकाय मौन भएको बताएका थिय । त्यसै गरि जिल्लामा उखु , केरा किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउनु उचित मूल्य नहुदा पनि समय मै भुक्तानी हुन नसक्नु , चाड पर्वमा मात्र बजार अनुगमन गर्नु त्यसलाई निरन्तरता दिन नसक्दा ग्राहक सधै मारमा परेकाले बजार प्रभावकारीरुपा अनुगमन गर्न सुझाब दिएका थिय ।

बिगत १० बर्षदेखी हुलाकी राजमार्ग को पुन निर्माण गर्ने बहानामा हजारौं मानिसले धुलो धुवा र प्रदुषण भोग्दै आएकाले निर्माण कार्य छिटो पूरा हुने गरि काम गर्न, र गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनमा भएको दन्डलाई मार नपर्ने गरि काम गर्न सुझाब दिदै जिल्ला बाट पाउने सुचनाको हकबाट कोइ पनि बन्चित नगराउन आग्रह गरेका थिय ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जिल्लामा भएका समस्याको बारेमा केन्द्रित रहि आफ्नो कार्यकाल पूरा गर्ने बताउदै कार्यलय प्रमुख बैठक हुनु अगि सेवाग्राही सङ्ग प्रत्येक दिन १२ बजे देखि १२:३० सम्म अन्तरक्रिया गर्ने बताउनु भयो

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार