१ अशोज २०८३, बिहिबार

दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दासमेत दक्षिण कोरिया जान नपाइएको भन्दै ललितपुरस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालयमा प्रदर्शन गरेका छन्।

सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए। परीक्षा पास भए पनि कोरिया जान नपाएका हरुले प्रदर्शन गरेका हुन्।

कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरुको माग छ। हाल कोरियामा एक लाख हारहारीमा नेपालीहरु कार्यरत रहेका छन्।

सन् २००८ देखि दक्षिण कोरियाले इपिएस प्रणालिमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो  ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार