३० भदौ २०८३, मङ्लबार

पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन

 

काठमाडौ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।उनको गएराति साढे २ बजे निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिए पछि २ हप्ता अघि देखि काठमाडौं मेडिकल कलेज मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।उपचारमा संलग्न चिकित्सकका अनुसार उनकाे मिर्गौला फेल  भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेकाे थियाे ।

अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई २ हप्ता अगाडि अस्पतालमा भर्ना गरिएको थियाे । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियाे र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियाे ।

स्वर्गीय आलम इट्टा भट्ठीमा मानिस जलाएको आरोपमा कारागार जीवन ब्यातित गरीरहदा अदालतबाट सफाई पाएका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार