लुम्बिनी-तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार राम विलास यादव रहेका छन ।
प्रहरी चौकी कोपवा कपिलवस्तुमा कार्यरत प्रहरी सहायक हवल्दार यादव रूपन्देही जिल्ला रोहणी गाउँपालिका- ७ निवासी हुन ।

सुद्धोधन गाउँपालिका–३ गाउँपालिका कार्यालय नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।
सिंहका अनुसार मृतक सहायक प्रहरी हवल्दार यादव कार्यको सिलसिलामा रहेको बेला दुर्घटनामा परि मृत्यु भएको हो



