गोरखा सिरानचोक गाउँपालिका–४ गुम्तीमोडमा गए राती माइक्रो बस दुर्घटना हुँदा चितवनका १७ जना घाइते भएका छन् ।

गोरखा भच्चेकबाट आबुखैरेनी तर्फ आउँदै गरेको बा ४ ख ६०४३ नम्बरको माईक्रो ब्रेक फेल भई गए राती करिब ८ बजेको समयमा सडकको दाहिने साईडको भित्तामा ठोक्किएर दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
माइक्रोमा सवार चालक सहित १९ जना मध्ये १७ जना घाईतेलाई प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले माइक्रोका चालक चितवन खैरहनी नगरपालिका–१० कठारका ३२ वर्षीय गोविन्द भण्डारीलाई नियन्त्रणमा लिएको हो ।



