• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ओली लुम्बिनी प्रदेश नेतृत्वमा चयन, स्थानिय तह सर्भेयर्स सोसाईटी गठन

  •  संवाददाता
  • २०८२ कार्तिक २३, आईतवार २२:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशका नापी प्राबिधिकहरू संगठित भई स्थानिय तह सर्भेयर्स सोसाईटी गठन गरी १३ जनाको केन्द्रिय कार्यसमिति चयन गरीएको छ ।

    नेपालमै पहिलो पटक पेसागत ऐक्यवद्धता आधुनिक नापीमा प्रतिबद्धता भन्ने मुल उद्देश्यका साथ स्थानीय तह सर्भे सोसाइटी गठन भएको हो ।७ वटै प्रदेश भित्र स्थानीय तहमा कार्यरत नापी प्राविधिक कार्यमा संलग्न रहदै आएका नापी प्राबिधिकहरुले स्थानीय तह सर्भे सोसाइटी गठन गरेका हुन् ।

    शनिबार ७ वटा प्रदेशका क्रियाशील कार्यरत नापी प्राबिधिकहरुले zoom meeting मार्फत भरतपुर महानगरपालिका मा कार्यरत् नापी अधिकृत विकास देवकोटाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।

    अध्यक्ष उपाध्यक्ष लगायत सातवटै प्रदेशका संयोजकहरू सदस्य रहने गरी चारजना मनोनित समेत गरी १३ सदस्य केन्द्रीय पदाधिकारी गठन गरिएको हो ।

    लुम्बिनी प्रदेश संयोजकको रुपमा सुनवल नगरपालिकामा कार्यरत् नापी प्राविधिक सर्भेक्षक दल बहादुर ओलीलाई लुम्बिनी प्रदेश संयोजकको जिम्वेवारी तोकिएको छ ।

    संयोजक ओलीले लुम्बिनी प्रदेशभित्र १२ जिल्ला १०९ स्थानीयतह रहेतापनि सबै स्थानीय तहमा नापी प्राविधिक कर्मचारी कार्यरत् नभएकोले अब जिल्ला स्तरीय समिति गठन गरी जिल्ला भित्रका स्थानीय तहलाई जोडदै लुम्बिनी प्रदेशको एउटा बलियो संघठन तयार तिर लागिरहेको बताउनु भयो । थुप्रै पालिका संग छलफल र अन्तरक्रिया पनि भइराखेको संयोजक ओलीले बताउनुभयो ।लुम्बिनी प्रदेश मात्रै नभएर देशव्यापी रुपमा नापी जस्तो विशिष्ट कार्यलाई स्थानीय तहमा थप प्रविधिमैत्री एवं विश्वसनीय वनाउदै प्राबिधिकहरुको हक अधिकारको संरक्षण सुनिस्चित गर्दै यस विद्यामा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्दै स्थानीय नापी प्राविधिकले केवल नक्सा नापने काम मात्र गर्दैनन्, उनीहरू स्थानीय विकासको दिशा निर्धारण गर्ने प्रमुख आधारशिला हुन्। त्यसैले उनीहरू प्राविधिक रूपमा दक्ष, इमानदार, जिम्मेवार, सेवामुखी र प्रविधिमैत्री हुनुपर्छ।
    यस्ता गुणले नापी पेशाको गरिमा मात्र बढाउँदैन, स्थानीय शासनलाई पारदर्शी र प्रभावकारी बनाउने कार्यमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँछ। नापी प्राविधिक कर्मचारीहरू स्थानीय शासनका आधारभूत स्तम्भ हुन्। उनीहरूको परिश्रम र दक्षता बिना कुनै पनि विकास योजना सटीक रूपमा कार्यान्वयन हुन सक्दैन। त्यसैले उनीहरूको हक–हितको संरक्षण, पेशागत सम्मान र स्थायित्व सुनिश्चित गर्नु स्थानीय शासनको दायित्व हो। जब नापी प्राविधिकहरू सुरक्षित, सम्मानित र प्रेरित महसुस गर्छन्, तब मात्र स्थानीय विकास कार्यहरू पारदर्शी, दिगो र परिणाममुखी बन्न सक्छन्। यसै गरी नापी प्राविधिकले आफूलाई सधैं अब्बल र smart बनाउन यस विज्ञान र प्रविधिको युगमा नापी पेशा पनि निरन्तर सुधारको माग गर्छ। स्थानीय तहहरूले GPS, GIS, र Digital Mapping सम्बन्धी तालिमको अवसर उपलब्ध गराउनुपर्छ।नापी प्राविधिकहरूको तालिम र क्षमता अभिवृद्धि गर्दै लैजानु पर्छ ।डिजिटल नापी प्रणाली (Land Information System, GIS) विस्तार गर्नुपर्छ ।
    स्थानीय तहमा स्थायी नापी शाखा स्थापना गर्नुपर्छ ।
    कानूनी स्पष्टता र एकद्वार प्रणाली विकास गर्नुपर्ने हुन्छ ।
    स्थानीय तहको सशक्तिकरणसँगै नापी पेशाको जिम्मेवारी र अवसर दुवै बढेको छ। पारदर्शी, प्रविधिमैत्री र सटीक नापी प्रणालीले मात्र स्थानीय विकासलाई दिगो, न्यायपूर्ण र विश्वसनीय बनाउन सक्छ। त्यसैले, नापी पेशाको सुदृढीकरण स्थानीय शासनको आधार स्तम्भका रूपमा स्थापित हुन आवश्यक छ। यस विद्याका त्रुटीहरुको एकीकृत समाधान अवलम्वन गर्ने, सबै प्राबिधिकहरुमा एकरुपता कायम गर्ने , नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने साथै स्थानिय तहका प्राबिधिक र अध्ययनरत रहि सेवा गरिरहेका, अवसर खोजि गरेका सबैलाई समेटेर पारदर्र्शी रुपमा अघी बढ्ने योजना रहेको छ। समाजमा नापी कार्यको विशिष्टता र थप विश्वास स्थापीत गर्न बिशेष कार्यक्रम समेत संचालन गर्ने स्थानिय तह सर्भेयर्स सोसाईटी लुम्बिनी प्रदेश संयोजक दल बहादुर ओलीले 24न्युजफायरलाई जानकारी दिनुभयो ।

    Post Views: 427

    प्रकाशित मिति: २०८२ कार्तिक २३, आईतवार २२:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • ३. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    चर्चित
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.