• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

  •  संवाददाता
  • २०८२ मंसिर १७, बुधबार १०:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, डिसेम्बर ३, २०२५ – नेपालका लागि पाकिस्तानका राजदूत एच.इ. अब्रार एच. हाश्मीले ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म लुम्बिनी र भरतपुरको सरकारी भ्रमण सम्पन्न गर्दै दुई देशबीचको सांस्कृतिक, धार्मिक धरोहर तथा स्वास्थ्य क्षेत्र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य प्रस्ट पारे।

    लुम्बिनी भ्रमणका क्रममा राजदूत हाश्मीले भगवान बुद्धको जन्मस्थलमा श्रद्धाञ्जलि अर्पण गर्दै लुम्बिनी विकास कोष तथा लुम्बिनीका कार्यवाहक नगरप्रमुखसँग भेटवार्ता गरे। छलफलमा पाकिस्तान–नेपालबीचको सांस्कृतिक सम्बन्ध, धरोहर संरक्षण र नागरिकस्तरको सहकार्य मजबुत पार्ने विषयमा केन्द्रीत रह्यो।

    भरतपुरमा, राजदूतले भरतपुर नेत्र अस्पताल (BEH) लाई कागजरहित डिजिटल प्रणाली स्थापना गर्न आवश्यक सहयोगस्वरूप एक चेक हस्तान्तरण गरे। पाकिस्तानका जनताबाट प्रदान गरिएको यो सहयोगले अस्पताललाई इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) प्रणालीमार्फत पूर्ण डिजिटल वातावरणमा रुपान्तरण गर्न सहयोग पुर्‍याउनेछ।

    राजदूत हाश्मीले सन् १९८७ मा पाकिस्तानको BCCI फाउन्डेशनको आर्थिक सहयोगमा निर्माण भएको भरतपुर नेत्र अस्पतालसँग पाकिस्तानको दीर्घ साझेदारीको स्मरण गर्दै पछिल्ला वर्षहरूमा अस्पतालमा फार्मेसी, अपरेसन थियटर, आउटरीच एम्बुलेन्स तथा आँखा उपचारसम्बन्धी प्राविधिक तथा शैक्षिक आदान–प्रदानमार्फत निरन्तर सहयोग दिइआएको उल्लेख गरे।

    समारोहमा बोल्दै राजदूतले स्वास्थ्य क्षेत्रको सहकार्य पाकिस्तान–नेपाल सम्बन्धको महत्वपूर्ण स्तम्भ भएको भन्दै जनकेन्द्रित विकास कार्यक्रमले दुई देश बीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाइरहेको बताए।

    अस्पताल व्यवस्थापन समिति अध्यक्ष जयाराम श्रेष्ठ र प्रमुख चिकित्सा अधिकृत डा. पुष्पा गिरीले नेपालका स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा पाकिस्तान जनताले वर्षौंदेखि पुर्‍याउँदै आएको योगदानप्रति आभार व्यक्त गरे।

    राजदूत हाश्मीको उपस्थितिमा भरतपुर गार्डेन होटलमा आयोजित डिनर कार्यक्रममा अस्पताल व्यवस्थापन, चिकित्सकहरु, स्थानीय प्रशासन, व्यवसायी, समुदाय अगुवा तथा पाकिस्तानी संस्थाका पूर्वविद्यार्थीहरू सहभागी थिए।

    यसै क्रममा, राजदूत हाश्मीले चितवनस्थित कलेज अफ मेडिकल साइन्सको अवलोकन गर्दै विद्यार्थी तथा संकाय सदस्यहरूसँग अन्तरक्रिया गरे, जहाँ उनले संस्थाले प्रदान गर्दै आएको गुणस्तरीय मेडिकल र TVET शिक्षाको प्रशंसा गरे।

    Post Views: 385

    प्रकाशित मिति: २०८२ मंसिर १७, बुधबार १०:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.