• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

  •  संवाददाता
  • २०८२ मंसिर २१, आईतवार १८:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस २१— ललितपुरको सानो गाउँ, सिद्धिपुरस्थित रोयल बास्केटबल एकेडेमीमा सम्पन्न दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ आज भव्य रूपमा समापन भएको छ। प्रतिष्पर्धात्मक अन्तिम खेलमा गोल्डेनगेट इन्टरनेशनल कलेजले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ।
    यससँगै जेभियर इन्टरनेशनल कलेजले पहिलो रनर–अप तथा ल्यान्डमार्क एकेडेमीले दोस्रो रनर–अप पदक प्राप्त गरेका छन्।

    यो प्रतियोगिता प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी (PEC) र अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (ACU) को सहआयोजनामा सम्पन्न भएको हो। ३२ वर्षभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सेवा प्रदान गर्दै आएको PEC पछिल्लो करिब दुई दशकदेखि महिला खेलकुद प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ। क्रिकेट र बास्केटबलमा युवतीहरूको सहभागिता विस्तार गर्न यस संस्थाले महत्वपूर्ण योगदान गर्दै आएको छ।

    नेपाल महिला राष्ट्रिय क्रिकेट टीमकी कप्तान इन्दु वर्मा हाल PEC की ब्रान्ड एम्ब्यासडर पनि रहेकी छिन्, जसले संस्थाको महिला खेलाडीप्रतिको प्रतिबद्धता झल्काउँछ।

    समापन समारोहमा अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीकी प्रतिनिधि अनुष्का श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। उनले खेलकुदले नेतृत्व क्षमता, आत्मविश्वास तथा अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै महिलालाई समान अवसरसहित बलियो प्लेटफर्म उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।

    त्यस्तै, प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीका सेल्स एण्ड मार्केटिङ डिरेक्टर राजु सिंहले संस्था शिक्षासँगै सामाजिक दायित्वमा पनि समर्पित रहेको बताउँदै महिला खेलकुद प्रवर्द्धनका गतिविधि निरन्तर जारी रहने बताएका छन्।

    यस वर्षको संस्करणमा ८ कलेजका महिला टोलीहरूको सहभागिता रहेको थियो, जुन हालसम्मकै सबैभन्दा धेरै हो। प्रतियोगितामा सहभागी खेलाडीलाई नेपाल महिला राष्ट्रिय बास्केटबल टोलीका खेलाडीहरूको सक्रिय उपस्थितिले थप प्रेरित बनाएको आयोजकको भनाइ छ।

    प्रतियोगिता मङ्सिर १५ देखि मङ्सिर २१ गतेसम्म सञ्चालन भएको थियो। आयोजक संस्थाहरूले आगामी वर्षहरूमा निरन्तर रूपमा यो प्रतियोगिता आयोजना गर्दै महिला खेलकुद, नेतृत्व विकास र सामाजिक सशक्तीकरणमा योगदान दिने योजना रहेको जानकारी गराएका छन्।

    Post Views: 238

    प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार १८:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.