ललितपुर — विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त संस्था सुयान एजुकेसन प्रा.लि. जापानलाई केन्द्रमा राख्दै विश्वव्यापी शिक्षा परामर्श क्षेत्रमा विश्वासिलो नामका रूपमा स्थापित हुँदै गएको छ। संस्थाले जापान, युके, अमेरिका, अष्ट्रेलिया, कोरिया, जर्मनी र दुबईलगायत मुलुकहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको छ। साथै, स्वदेशमै TITI र CTEVT अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा समेत परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

सन् २०११ मा जापानमा स्थापना भई सन् २०१८ देखि नेपालमा औपचारिक रूपमा सेवा विस्तार गरेको सुयान एजुकेसन जापानी शैक्षिक संस्थाबाट स्नातक भई दशकभन्दा बढी समय जापानमै अध्ययन, रोजगारी र बसोबासको अनुभव हासिल गरेका विज्ञहरूको टोलीद्वारा सञ्चालित छ। यही प्रत्यक्ष अनुभवका आधारमा संस्थाले तथ्यमा आधारित, स्पष्ट र यथार्थपरक परामर्श प्रदान गर्दै विद्यार्थीहरूलाई विदेश अध्ययन र भविष्यको करियरबारे सही निर्णय लिन सहयोग पुर्याउँदै आएको जनाएको छ।
ललितपुरको कुमारीपाटीस्थित मुख्य कार्यालय र काठमाडौंको चाबहिल, गणेशस्थानस्थित शाखा कार्यालयमार्फत सेवा दिँदै आएको सुयान एजुकेसन प्रमुख कार्यकारी अधिकृत सुनील महर्जनको नेतृत्वमा सञ्चालन भइरहेको छ। संस्थाले छोटो अवधिको आकर्षणभन्दा दीर्घकालीन शैक्षिक सफलता र सुरक्षित करियर निर्माणलाई प्राथमिकता दिँदै जिम्मेवार शैक्षिक परामर्श प्रणालीलाई आत्मसात् गरेको बताइएको छ।

संस्थाकी समन्वयक याङचेन शेर्पाले विद्यार्थी परामर्श, शैक्षिक समन्वय तथा कागजात व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। उनले परामर्शदेखि आवेदन र भिसा प्रक्रियासम्म विद्यार्थी, शैक्षिक संस्था र सम्बन्धित निकायबीच सहजीकरण गर्दै विद्यार्थी यात्रालाई सहज बनाउँदै आएकी छन्।
देश–विशेष परामर्शदातामार्फत सेवा प्रदान गर्नु सुयान एजुकेसनको अर्को विशेषता हो। जापान काउन्सलर अर्मिता चन्द्रबंशीले जापानी भाषा अध्ययन, शैक्षिक संस्था छनोट, भिसा प्रक्रिया तथा अध्ययनसँगै कामको व्यवस्थापनबारे परामर्श प्रदान गर्दै आएकी छन्। यस्तै, युके तथा अष्ट्रेलिया काउन्सलर जस्मिना नकर्मीले कोर्स छनोट, विश्वविद्यालय प्लेसमेन्ट र अध्ययनपछिको रोजगारी सम्भावनाबारे विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएकी छन्। युरोप काउन्सलर शर्मिला श्रेष्ठले जर्मनीलगायत युरोपेली देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक मापदण्ड र कानुनी कामका अवसरबारे परामर्श प्रदान गर्दै आएकी छन्।
“जापान र जापानी भाषाको सम्पूर्ण समाधान” भन्ने नारासहित सुयान एजुकेसनले जापानी भाषा शिक्षालाई विशेष प्राथमिकता दिएको छ। पढाइ, लेखाइ, सुनाइ र व्यवहारिक संवाद सीपलाई सन्तुलित रूपमा विकास गर्ने शिक्षण पद्धतिले विद्यार्थीहरूको भाषा दक्षता अभिवृद्धि हुने र उनीहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा व्यावसायिक वातावरणमा सक्षम बनाउने विश्वास संस्थाले व्यक्त गरेको छ।
सुयान एजुकेसनले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई भ्रमभन्दा तथ्यमा आधारित निर्णय लिन आग्रह गर्दै इमानदार, पारदर्शी र विद्यार्थी–केन्द्रित परामर्श सेवामार्फत नेपालको मानव संशाधन विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
अनुभवी नेतृत्व, देशगत विशेषज्ञ परामर्शदाता र गुणस्तरीय सेवाका कारण सुयान एजुकेसन प्रा.लि. विदेश अध्ययनको योजना बनाइरहेका नेपाली विद्यार्थीहरूका लागि भरपर्दो शैक्षिक परामर्श संस्थाका रूपमा अगाडि बढिरहेको छ।


