ललितपुर — शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त सुयान एजुकेशन प्रा. लि. विदेश अध्ययनका लागि गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै विश्वासिलो नामका रूपमा स्थापित हुँदै गएको छ। जापान र जापानी भाषा अध्ययनमा विशेष प्राथमिकता दिने यस संस्थाले जापान, युके, अमेरिका, अष्ट्रेलिया, कोरिया, जर्मनी र दुबईलगायत मुलुकहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको छ। साथै, नेपालमै TITI र CTEVT अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

सन् २०११ मा जापानमा स्थापना भई २०१८ देखि नेपालमा औपचारिक रूपमा सेवा विस्तार गरेको सुयान एजुकेसन जापानी शैक्षिक संस्थाबाट स्नातक भई दशकभन्दा बढी समय जापानमै अध्ययन, काम र बसोबास गरेको अनुभव भएका विज्ञहरूको टोलीद्वारा सञ्चालित छ। यही प्रत्यक्ष अनुभवका आधारमा संस्थाले तथ्यमा आधारित, स्पष्ट र यथार्थपरक परामर्श प्रदान गर्दै विद्यार्थीहरूलाई विदेश अध्ययन र दीर्घकालीन करियर योजना बनाउन सहयोग पुर्याउँदै आएको छ।
ललितपुरको कुमारीपाटी मुख्य कार्यालय र काठमाडौंको चाबहिल, गणेशस्थान शाखा कार्यालयमार्फत सेवा दिँदै आएको सुयान एजुकेसन प्रमुख कार्यकारी अधिकृत सुनील महर्जनको नेतृत्वमा सञ्चालन भइरहेको छ। संस्थाले छोटो अवधिको आकर्षणभन्दा दीर्घकालीन शैक्षिक सफलता र सुरक्षित करियर निर्माणलाई प्राथमिकता दिएको बताएको छ।
संस्थाकी समन्वयक याङचेन शेर्पा विद्यार्थी परामर्श, आवेदन प्रक्रिया र भिसा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनले विद्यार्थी, शैक्षिक संस्था र सम्बन्धित निकायबीच सहज समन्वय गर्दै विद्यार्थीको अध्ययन यात्रा सरल बनाउने काम गर्दै आएकी छन्।
देश–विशेष परामर्श सेवाका रूपमा जापान काउन्सलर अर्मिता चन्द्रबंशीले जापानी भाषा तयारी, कलेज छनोट, भिसा प्रक्रिया र अध्ययनसँगै काम व्यवस्थापनबारे मार्गदर्शन गर्दै आएकी छन्। युके तथा अष्ट्रेलिया काउन्सलर जस्मिना नकर्मीले विद्यार्थीलाई सही कोर्स, विश्वविद्यालय छनोट र अध्ययनपछिको रोजगारी अवसरबारे जानकारी गराइरहेकी छन्। युरोप काउन्सलर शर्मिला श्रेष्ठले जर्मनी र अन्य युरोपेली मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक मापदण्ड र कानुनी कामका अवसरबारे मार्गदर्शन प्रदान गर्दै आएकी छन्।
“जापान र जापानी भाषाको सम्पूर्ण समाधान” भन्ने मूल नारासहित सुयान एजुकेसनले पढाइ, लेखाइ, सुनाइ र व्यवहारिक संवाद सीपलाई सन्तुलित रूपमा विकास गर्ने शिक्षण पद्धति अपनाएको छ। यसले विद्यार्थीहरूको भाषा दक्षता अभिवृद्धि गर्ने मात्र नभई उनीहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक र व्यावसायिक वातावरणमा सक्षम बनाउने विश्वास संस्थाले व्यक्त गरेको छ।
सुयान एजुकेसनले विद्यार्थीहरूलाई भ्रममा नपरी तथ्यमा आधारित निर्णय लिन आग्रह गर्दै इमानदार, पारदर्शी र विद्यार्थी–केन्द्रित परामर्श सेवा प्रदान गर्दै नेपालको मानव संशाधन विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
अनुभवी नेतृत्व, देशगत विशेषज्ञ परामर्शदाता र गुणस्तरीय सेवाका कारण सुयान एजुकेसन प्रा. लि. विदेश अध्ययनको योजना बनाइरहेका नेपाली विद्यार्थीहरूको लागि भरपर्दो शैक्षिक परामर्श संस्थाका रूपमा अगाडि बढिरहेको छ।


