• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

  •  संवाददाता
  • २०८२ पुष २९, मंगलवार १५:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — नेपालको शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १५औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। एलिस रिसेप्सनमा आयोजित सभामा शैक्षिक परामर्श क्षेत्रका विद्यमान समस्या, कानुनी जटिलता, सञ्चालन प्रक्रियाका चुनौती तथा भविष्यका योजना माथि गहन छलफल भएको थियो।

    सभाको अध्यक्षता फेकनका अध्यक्ष उमेश कुश्वारले गर्नु भएको थियो भने शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सेमान्त कोइराला प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा न्युजिल्यान्डका लागि नेपालकी मानार्थ वाणिज्यदूत लिसा चोइगल, अस्ट्रेलियाको भिक्टोरियाका लागि नेपालका मानार्थ वाणिज्यदूत नीराजन गौली, न्युयोर्कस्थित नेपालका पूर्ववाणिज्यदूत तथा फेकन सल्लाहकार नारायणप्रसाद मैनाली, अस्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत महेश दाहाल, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख रुद्र शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन तथा फेकन सल्लाहकार प्राडा खेमबन्धु कोइराला लगायतका विशिष्ट व्यक्तिहरू सहभागी थिए।

    कार्यक्रममा आईडीपी, ब्रिटिश काउन्सिल, विभिन्न छाता संगठन, शैक्षिक संस्था र साझेदार संस्थाका प्रतिनिधि तथा फेकनका सदस्य परामर्श व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    फेकनका वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझाले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा र उपलब्धिबारे चर्चा गर्दै परामर्श व्यवसाय क्षेत्रलाई समयमै कानुन नदिइनु र सञ्चालन प्रक्रियामा बेवास्ता भइरहेको बताउँदै छिटो समाधानको आवश्यकता औँल्याए। महासचिव दिपेन्द्र पोखरेलले संस्थाले विभिन्न समयमा निर्वाह गरेको भूमिकाबारे जानकारी दिंदै नेपाललाई ‘शैक्षिक हब’ बनाउने फेकनको अभियानलाई प्राथमिकतामा राखिएको बताए।

    सभामा बोल्ने वक्ताहरूले फेकनको १५ वर्षको यात्रामा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे। निवर्तमान अध्यक्ष राजु निरौलाले सरकारले उदासीनता देखाएको कारण व्यवसायीहरू समस्यामा परेको बताउँदै, नियमअनुसार काम गर्ने व्यवसायीको रक्षा र अवैध संस्थामाथि कारबाहीको आवश्यकता औँल्याए।

    न्युजिल्यान्डकी मानार्थ वाणिज्यदूत लिसा चोइगलले नेपाल–न्युजिल्यान्ड सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूलाई न्युजिल्यान्डमा अध्ययनका लागि आकर्षित गर्नुपर्ने धारणा राखिन्। उनले फेकनसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

    प्रमुख अतिथि सेमान्त कोइरालाले कानुन निर्माणमा ढिलाइ र तीन तहको सरकारबीच समन्वयको अभावले समस्या देखिएको स्वीकार गर्दै, अवैध संस्था छुट्याउने र नवीकरण अवधि सकिएपछि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

    अध्यक्ष उमेश कुश्वारले साधारण सभालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले फेकनलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा कार्यसमिति प्रतिबद्ध रहेको बताए।

    Post Views: 44

    प्रकाशित मिति: २०८२ पुष २९, मंगलवार १५:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.