काठमाडौँ — न्युजिल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थी, अभिभावक तथा विभिन्न पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई लक्षित गर्दै एक्सेस एजुकेसन नेटवर्कले जनवरी २५ देखि ३० सम्म “गन्तव्य न्युजिल्यान्ड” नामक न्युजिल्यान्ड एजुकेसन फेयर आयोजना गरेको छ।

कार्यक्रममार्फत एक्सेसका २१ वर्षभन्दा बढी अनुभवी काउन्सलरहरूद्वारा प्रत्यक्ष परामर्श प्रदान गरिनुका साथै न्युजिल्यान्डका १५ भन्दा बढी विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष भेटघाट तथा परामर्श गर्ने व्यवस्था मिलाइएको छ। फेयर काठमाडौँ, चितवन, बुटवल, विराटनगर र पोखरालगायत प्रमुख सहरहरूमा आयोजना हुँदैछ।
एक्सेस एजुकेसन नेटवर्क बानेश्वर कार्यालयका निर्देशक परिक्षित सापकोटाका अनुसार कार्यक्रम विशेषगरी चार वर्गलाई लक्षित गरिएको छ—
विदेश अध्ययनको निर्णय स्वयं गर्ने विद्यार्थीहरू, आफ्ना सन्तानको निर्णय सही हो वा होइन भन्नेबारे बुझ्न चाहने अभिभावकहरू, लामो अध्ययन ग्यापपछि पुनः शिक्षा निरन्तरता दिन चाहने कार्यरत पेशेवरहरू, तथा परिवारसहित अध्ययन गर्न चाहने परिवारहरू।
कार्यक्रमअन्तर्गत न्युजिल्यान्डमा अध्ययन गरी सफल भएका एक्सेस एजुकेसन नेटवर्कका पूर्वविद्यार्थी (Alumni) सँग प्रत्यक्ष अनुभव आदान–प्रदानका लागि विशेष सेसन पनि राखिएको निर्देशक सापकोटाले जानकारी दिनुभयो।
पुतलीसडक कार्यालयका म्यानेजर राज तिवारीका अनुसार यो कार्यक्रम विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको हो र यस वर्ष छैटौँ संस्करणका रूपमा सञ्चालन गरिएको हो। उहाँका अनुसार पुतलीसडक र बानेश्वरमा फरक–फरक दिन कार्यक्रम आयोजना गरिएकाले विद्यार्थीहरूले आवश्यक जानकारी लिएपछि जनवरी ३० मा पुनः पुतलीसडक कार्यालयमा उपस्थित भई थप परामर्श लिन सक्ने व्यवस्था मिलाइएको छ। कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहेकोले सहभागी हुन सबै विद्यार्थीलाई आग्रह गरिएको छ।
एक्सेस एजुकेसन नेटवर्कका म्यानेजिङ डाइरेक्टर पुष्पराज पौडेलले न्युजिल्यान्डसम्बन्धी शैक्षिक सेवासँगै Licensed Immigration Advisor (LIA) मार्फत इमिग्रेसनसम्बन्धी सम्पूर्ण जानकारी, अभिभावक वा परिवारलाई न्युजिल्यान्ड भ्रमणमा बोलाउने प्रक्रिया तथा अध्ययनपछिका सम्भावनाबारे पनि विस्तृत जानकारी उपलब्ध गराइने बताउनुभयो।
कार्यक्रमलाई थप आकर्षक बनाउन सहभागी विद्यार्थीहरूका लागि डोर प्राइज, गिफ्ट ह्याम्पर तथा विशेष उपहारहरू समेत राखिएको छ। साथै नेपालभरिबाट सहभागी हुन चाहनेहरूका लागि अनलाइन माध्यमबाट पनि सहभागिताको सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ।
कार्यक्रमको क्रममा एक्सेस एजुकेसन नेटवर्ककी अपरेसन इन्चार्ज शैव्या गौतमले कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी, अभिभावक, साझेदार संस्था तथा न्युजिल्यान्डबाट आएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो,
“यस कार्यक्रममा सहभागी भई हामीलाई आफ्नो बहुमूल्य समय दिनुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको सक्रिय सहभागिताले ‘गन्तव्य न्युजिल्यान्ड’ कार्यक्रमलाई अझ सफल, प्रभावकारी र उद्देश्यपूर्ण बनाएको छ।”


