३० भदौ २०८३, मङ्लबार

सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

नवलपरासी/भूमहीमा गत ३ महीना अघि सडक़ दुर्घटनामा परि उपचारखर्च अभावमा कारुणिक मृत्युवरण गरेका भूमही १२ का स्व.अमृत भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइले आर्थिक सहयोग गरेकोछ ।

नवलपरासी सेवा समाजका अध्यक्ष  हरि न्यौपानेको अध्यक्षतामा  समाजका सदस्यहरु एवम समाज सेवि कोउपस्थितिमा  स्व अमृत भट्टराईको परिवारलाई नगद रु ३५ हजार  हस्तान्तरण  गरएको हो

मृत्युले आघात पुगेको परिवारलाई ३२ वर्षीय मृतक

सहयोग रकम हस्तान्तरण गर्न समाजका सदस्यहरू जीवन कला गौतम , ज्ञानु अधिकारी , सीता बास्तोला , अम्बिकाभुसाल  यसै गरी यूएई समाजका नेपाल प्रतिनिधि युबराज पुन , सल्लाहकार कृष्ण प्रसाद बास्तोला , सदस्य इश्वरीप्रसाद न्यौपाने ,  अनन्त बहादुरी , शिव तिवारी ,खेल बिभाग प्रमुख सुर्य पौडेल लगायतको उपस्थिति थियो।

सुनवल-१२ भुमही निवासी ओम भट्टराईका जेष्ठ सुपुत्र ३२ वर्षीय अमृत भट्टराईको गत फागुन ११ गते परासी देखि भूमही फर्कने क्रममा टिप्परको ठक्करबाट घाइते एका थिए । उपचारको क्रममा चैत्र १९मा भट्टराईको मृत्यु भएको थियो

भूमहीका समाजसेवी शिव तिवारीले स्वर्गीय भट्टाराई जीवित रहदै  आर्थिक सहयोगको गर्नका लागी नवलपरासी सेवा समाज लगायतका संस्थाहरू समक्ष सहयोग संकलन अभियानका निम्ति पहल सुरु गरेका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार