• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

  •  संवाददाता
  • २०८३ बैशाख १५, मंगलवार १३:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी। नेपाल पत्रकार महासंघ, जिल्ला शाखा नवलपरासी ले स्थानीय सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणका लागि जिल्लास्थित स्थानीय तह र सरोकारवाला निकायलाई विज्ञापन तथा सूचनामा प्राथमिकता दिन आग्रह गरेको छ।

    महासंघले जिल्ला समन्वय समिति प्रमुखमार्फत बुझाएको ज्ञापनपत्रमा देशभर सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकट र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको उल्लेख गरिएको छ।महासंघका कार्यबहाक अध्यक्ष बिकास अधिकारीले मङ्गलबार जिल्ला समन्वय समिति प्रमुख भगौती यादव(रुदल)लाई उक्त ज्ञापन पत्र बुझाएका हुन ।

    विशेषगरी नवलपरासीमा सञ्चालनमा रहेका स्थानीय पत्रपत्रिका, एफएम रेडियो तथा अनलाइन सञ्चारमाध्यमहरू आर्थिक स्रोतको अभाव, विज्ञापन बजारको संकुचन तथा नीतिगत अस्पष्टताका कारण प्रभावित भएको जनाइएको छ।बिज्ञापनमा केन्द्रको निर्णय नमान्न समेत आग्रह गरिएको छ ।

    ज्ञापनपत्रमा आर्थिक कठिनाइका कारण केही सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको र यसले पत्रकारहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको उल्लेख छ। साथै नियमित पारिश्रमिक तथा कानुनअनुसारका सेवा सुविधा उपलब्ध हुन नसक्दा श्रमजीवी पत्रकार थप समस्यामा परेको महासंघले जनाएको छ।

    महासंघका अनुसार संघीय सरकारबाट जारी विज्ञापनसम्बन्धी नीतिले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई झन् कमजोर बनाउने अवस्था सिर्जना गरेको छ। यसले सञ्चार क्षेत्रको विविधता, प्रतिस्पर्धा र सन्तुलनमा नकारात्मक असर पार्ने भन्दै स्थानीय स्तरमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरूको दीगो व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गरिएको छ।

    Screenshot

    ज्ञापनपत्रमा जिल्लाभित्र रहेका सातवटै स्थानीय तहबाट प्रकाशन हुने सार्वजनिक सूचना, टेन्डर तथा अन्य विज्ञापनहरू स्थानीय सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण हुने व्यवस्था मिलाउन माग गरिएको छ। यसो गर्न सके स्थानीय सञ्चारमाध्यमको संरक्षण हुनुका साथै नागरिकसम्म सूचना छिटो, सहज र प्रभावकारी रूपमा पुग्ने विश्वास व्यक्त गरिएको छ।
    त्यसैगरी स्थानीय सञ्चारमाध्यमले विकास निर्माणका गतिविधि, नीति तथा कार्यक्रमलाई निरन्तर रूपमा सार्वजनिक गर्दै आएको उल्लेख गर्दै महासंघले उक्त भूमिकाको कदर गर्न पनि आग्रह गरेको छ।

    महासंघले स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गरी जिल्लाबाट प्रकाशन तथा प्रसारण हुने सूचना र विज्ञापनहरू स्थानीय सञ्चारमाध्यममै प्राथमिकताका साथ दिनुपर्ने आवश्यकता औंल्याएको छ। यस कदमले सञ्चार क्षेत्रको सुदृढीकरणसँगै सुशासन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

    Post Views: 309

    प्रकाशित मिति: २०८३ बैशाख १५, मंगलवार १३:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.