२९ अशोज २०८३, बिहिबार

प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सरकारी छाप र लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत पश्चिम नवलपरासीले पक्राउ पुर्जी जारी गरी अनुसन्धान प्रकृया अगाडि बढ़ेको तथ्य सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सि.ले पालिका अध्यक्षको विषयमा अनुसन्धान भैरहेको तर पक्राऊ पुर्जीको बिषयमा केहि बोल्न नमिल्ने बताएका छन । यादवलाई पक्राउ गर्नका लागि बुधबार नै पक्राउ पुर्जी जारी गरिएको बुझीएको छ ।

यादव विरुद्ध सरकारी छाप र लेटरप्याड किर्ते गरी दुरुपयो गरेको भन्दै भारत विहार प्रदेश जिल्ला पश्चिम चम्पारन बालमिकी नगरमा अवस्थीत सम्पर्क तथा भुआर्जन कार्यालय गण्डक योजना बाल्मिकीनगरका नेपालतर्फका भुआर्जन अधिकृत सोभित हलुवाईले ईलाका प्रहरी कार्यालय बेलाटारीमा २०८३ जेठ ६ गते जाहेरी दर्ता गराएका थिए।
यादवले किर्ते सम्झौता पत्र तयार गरी गण्डक अन्तरगतको जग्गा भोगचलन गरी कृषि विकास बैंक, बर्दघाट शाखाबाट कृषि ऋण अनुदानलिई सो जग्गामा पोखरी बनाई माछापालन गर्दै आईरहेको भुआर्जन अधिकृत हलुवाईले बताएका छन । हलुवाईका अनुसार “उक्त जग्गा भोगचलन गर्न दिईएको सम्झौता कागजात बारम्बार माग्दा पनि नदिने र आफु संग छ भन्ने मात्र प्रतिक्रिया आए पछी हामीले खोज गरि उक्त कागजात फेला पार्यौ तर हाम्रो अफिसमा हेर्दा त्यस विषयमा कुनै पनि दर्ता नम्बर, जारी मिति केहि नभेटिएपछि ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, उर्जा तथा जलश्रोत मन्त्रालय तथा गृहमन्त्रालयमा सो बारे लेखी पठाएका थियौ।
हलुवाईले भुआर्जन कार्यालयको तर्फबाट मिति २०८२ चैत्र ३ गते चलानी नम्बर १४७ मार्फत पत्र पठाएर सम्बन्धीत प्रमाण भए उपलब्ध गराउन भनेकोमा प्रमाण केहिपनि दाखिला नगरी मौन रहनुले सम्झौता किर्ते रहेको प्रष्ट भएको ब्याहोरा जाहेरीमा दावी गरेका थिए।
यता प्रतापपुर गाँऊपालिकाका अध्यक्ष उमेश चन्द्र यादव भने आफू काठमाण्डौमा रहेको र आजै फर्केने क्रममा रहेको भन्दै आफ्ना बिरुद्धको पक्राउ पुर्जीको विषयमा मलाई त्यस्तो केहि जानकारी नभएको प्रतिक्रिया दिएका छन ।

अध्यक्ष यादवले आफूलाई पक्राउ पुर्जीको विषयमा जानकारी नभएको प्रतिक्रिया दिएपनी तुलसीपुर उच्च अदालतमा उनको नामबाट निषेधाज्ञा माग गरी निवेदन दर्ता गरेको पाईएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार