३० भदौ २०८३, मङ्लबार

क्षेत्री समाज सुनवल नगरद्वारा भोटेकोशी विपद् पीडितलाई १ लाख २७ हजार सहयोग

सुनवल । क्षेत्री समाज नेपाल सुनवल नगर कमिटीले रसुवा महा विपद् पीडितका लागि १ लाख २७ हजार ३ सय १९ रुपैयाँ राहत संकलन गरी सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले राहत संकलन र  सहयोग गरेको हो।

समाजको वडा नं. १ देखि १३ सम्मका वडा कार्यसमिति, नगर, प्रदेश, जिल्ला तथा केन्द्रीय कार्यसमिति सदस्य र अन्य सहयोगदाताबाट उक्त रकम संकलन गरिएको पत्रमा उल्लेख छ। संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा जम्मा गरिएको समाजका सुनवल नगर अध्यक्ष गुप्त बहादुर के सी “राजु “ ले जानकारी दिनु भएको छ।

समाजले अकल्पनीय महा-बिपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग आग्रहसमेत गरेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार