• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

  •  संवाददाता
  • २०८३ जेष्ठ ३१, आईतवार १४:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी– राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशको अधिवेशनबाट  शालिकराम घिमिरे सभापतिमा निर्वाचित  हुनुभएको छ ।

    सभापतिका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । उनीहरुमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि शालिकराम(रुपन्देही) र गोपाल घिमिरे(अर्घाखाँची) बीच पुन ः मतदानको तयारी गरिएको थियो । अन्तिममा शालिकराम सहमतिमा निर्वाचित भएको अधिवेशन प्रतिनिधि एक रास्वपा नवलपरासीका सभापति रवि पाण्डेले परासी पत्र अनलाइनलाई जानकारी दिनुभयो । नवनिर्वाचित शालिकराम सभापति रवि पक्षका हुनुहुन्छ भने गोपाल बालेन पक्षका हुनुहुन्छ ।

    पश्चिम नवलपरासीबाट तीन जना निर्वाचित

    विभिन्न कलष्टरका लागि भएको निर्वाचनमा नवलपरासीबाट तीन जना प्रदेश समितिमा निर्वाचित भएका छन् । त्यसरी निर्वाचित हुनेमा खस आर्य महिलातर्फ प्रभा ज्ञवाली र क्षेत्रगततर्फ ( क्षेत्र नम्बर २) युवराज ढकाल निर्विरोध निर्वाचित हुनुभएको हो भने क्षेत्रगतर्फ(क्षेत्र नम्बर १) इन्जिनियर विकास पाण्डे मतदानमार्फत निर्वाचित हुनुभएको नवलपरासीका पार्टी सभापति पाण्डेले जानकारी दिनुभयो ।

    त्यसैगरी समितिको समानुपातिकतर्फको खस आर्य सदस्यमा गोपाल घिमिरे,  खस आर्य महिला सदस्यमा मुना हमाल, शीला कुमारी केसी, भगवती न्यौपाने ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
    त्यस्तै दलित सदस्यमा निरज गौतम, कृष्णा विक, जनजाति सदस्यमा भोजबहादुर बुढाथोकी, सुमित श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

    थारु सदस्यतर्फ प्रभा चौधरी निर्विरोध निर्वाचित हुनुभएको हो भने गोविन्दबहादुर थारु, बिहारी चौधरी निर्वाचित हुनुभएको छ । मधेशी सदस्यतर्फ गौतमप्रसाद पाण्डे, रञ्जयकुमार गुप्ता निर्वाचित हुनुभएको छ । मधेशी महिला सदस्यमा नौशिन फातिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

    क्षेत्रगत सदस्यतर्फ कपिलवस्तु–१ मा कमलप्रसाद पाण्डेय, कपिलवस्तु–२ मा आशा पन्था गुप्ता,  र कपिलवस्तु–३ मा अर्जुन सपकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । रूपन्देही–१ विष्णु प्रसाद पौडेल, रूपन्देही–२ मा निर्मला भट्टराई, रूपन्देही–३ मा मायादेवी खनाल, रूपन्देही–५ पार्वती देवकोटा निर्वाचित हुनुभएको छ । अर्घाखाँची–१ मा अभिमन्यु पाण्डे निर्वाचित हुनुभएको छ । : परासी पत्र

    Post Views: 79

    प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार १४:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.