८ अशोज २०८३, बिहिबार

नवलपरासीका ३ पालिकामा आयो कांग्रेसको नेतृत्व, बाँकी ४ पालिकामा आज अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नवलपरासीका ३ पालिकामा नयाँ नेतृत्व चयन भएको छ भने बाँकी चार पालिकामा आज (बिहीबार) अधिवेशन हुँदै छ।

सम्पन्न अधिवेशन नतीजा अनुसार सुस्ता गाउँपालिकाको सभापतिमा खिमानन्द न्यौपाने र रामग्राम नगरपालिकाको सभापतिमा बलिराम यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ। रामग्रामको सर्वसम्मत चयनको औपचारिक घोषणा भने हुन बाँकी छ।

यसै गरी प्रतापपुर गाउँपालिकामा सहमति जुट्न नसकेपछि भएको निर्वाचनबाट १३० मत प्राप्त गर्दै केशव अधिकारी सभापतिमा विजयी हुनुभएको छ। प्रतिस्पर्धी संघर्ष जयसवाले ६८ मत प्राप्त गर्नू भएको छ । नवनिर्वाचित सभापति अधिकारी प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का निर्वाचित वडाध्यक्षसमेत हुनुहुन्छ।

बाँकी रहेका ४ वटा पालिकामा भने सभापतिका आकांक्षीहरूबीच सहमतिको प्रयास जारी भए पनी सहमतिको कम संभावनाका बिच आज बिहान ११ बजेदेखि नै निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन प्रक्रिया सुरू भएको छ ।

सुनवल नगरपालिकामा यम प्रसाद पाण्डे र यज्ञ पाण्डे सभापतिको आकांक्षी रहनुभएको छ भने सरावल गाउँपालिकामा जन्मजय यादव र महेन्द्र चौधरीबीच प्रतिस्पर्धा देखिएको छ। त्यसैगरी पाल्हीनन्दन गाउँपालिकामा रविन्द्र सहानी र दिनेशमणी पटेल तथा बर्दघाट नगरपालिकामा भीम बहादुर गुरुङ, सुकबहादुर गुरुङ र लिलाहरी पौडेलको उम्मेदवारी परेको निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको सचिवालयले जनाएको छ ।

कांग्रेस विधानअनुसार वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले गाउँ र नगर समितिको नेतृत्व चयन गर्नेछन्। आगामी असोज १० गते निर्वाचन क्षेत्र, प्रदेश क्षेत्र कार्यसमितिसहित महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन हुनेछ, जसमा पालिका सभापतिहरूसहित वडाका क्षेत्रीय प्रतिनिधिहरू मतदाता रहनेछन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार