२८ अशोज २०८३, बुधबार

मच्छापुच्छ्रे आईबी वर्ल्ड स्कुलमा कक्षा १ का विद्यार्थीको १००औँ दिनको उत्सव

ललितपुर । मच्छापुच्छ्रे आईबी वर्ल्ड स्कुलले कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूले विद्यालयमा आफ्नो १००औँ दिन पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरी उत्सव मनाएको छ।

विद्यार्थीहरूको विद्यालय जीवनको सुरुवाती १०० दिनलाई स्मरणीय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा उनीहरूले सिकाइ, मित्रता, नयाँ अनुभव, खोज तथा सिर्जनशीलताका विभिन्न गतिविधिमार्फत बिताएका दिनहरूको उत्सव मनाएका थिए। विद्यालयले १०० दिनको यात्रालाई कक्षाकोठाभित्रको सिकाइसँगै विद्यार्थीले हासिल गरेका नयाँ सीप, अनुभव र सम्झनाहरूको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अभिभावक संघ नेपालका अध्यक्ष तथा नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी रहेका थिए।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका उपाध्यक्ष, समाजसेवी तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पूर्व सदस्य–सचिव रमेश बखती विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

त्यसैगरी समाजसेवी तथा पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषि ढुंगाना, कुशुन्ती, ललितपुरका समाजसेवी दामोदर ढुंगाना, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका उपाध्यक्ष तथा समाजसेवी हरिहर ढुंगाना, समाजसेवी, पत्रकार, लेखक तथा सेतोपाटी नेपालका संवाददाता प्रकाश ढुंगाना तथा इमर्जिङ प्रि–स्कुल टिमका अध्यक्ष एवं स्प्रिङबेल्स प्रि–स्कुल, ललितपुरका प्रिन्सिपल दुर्गा प्रधान लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूका लागि विभिन्न रमाइला तथा सिर्जनात्मक गतिविधि आयोजना गरिएको थियो। जसले १००औँ दिनको उपलब्धिलाई विद्यार्थीका लागि अझ उत्साहपूर्ण र स्मरणीय बनाएको विद्यालयले जनाएको छ।

विद्यालयले विद्यार्थीहरूको सिकाइ यात्रामा साथ दिने अभिभावक, शिक्षक तथा सम्पूर्ण मच्छापुच्छ्रे आईबी वर्ल्ड स्कुल परिवारप्रति आभार व्यक्त गरेको छ। साथै कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरूप्रति विद्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ।

कक्षा १ का विद्यार्थीहरूले विद्यालय जीवनका १०० दिन पूरा गरेको अवसर उनीहरूको आगामी शैक्षिक यात्राका लागि महत्वपूर्ण सुरुवाती माइलस्टोनका रूपमा मनाइएको हो। कार्यक्रममा विद्यार्थीहरूले १०० दिनको यात्रासँगै सिर्जना भएका सुन्दर सम्झनाहरूलाई उत्साहका साथ मनाएका थिए।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार