२८ अशोज २०८३, बुधबार

प्रतिनिधिसभा-२ (क) काँग्रेस सभापतिमा जयराम सहित ओमप्रकाश र बालकृष्ण सचिब सह सचिबमा निर्वाचित

परासी/१६ असोज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. २ (क) को सम्पन्न मतगणना को परिणाम अनुसार सभापति पदमा जयराम बस्याल निर्वाचित भएका छन्।
बस्यालले २६४ मत प्राप्त गर्दै सभापति पदमा विजयी हुँदा उनका प्रतिस्पर्धी प्रेमलाई ३१ मतले पछाड़ी पार्दै बस्याल विजयी भएका हुन्।

यसै गरी सचिव पदमा ओमप्रकाश २८७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी रामचन्द्रले १९३ मत प्राप्त गरे। ओमप्रकाशले ९४ मतको अन्तरले जित हात पारेका हून।

सह–सचिव पदमा बाल्कृष्ण २८४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनकी प्रतिस्पर्धी निशाले २०१ मत प्राप्त गरिन्। बाल्कृष्णको मतान्तर ८३ रहेको छ।

मतगणना सम्पन्न भएसँगै प्रदेशसभा क्षेत्र नं. २ (क) को नेतृत्व चयन प्रक्रिया टुंगिएको हो। अधिवेशनबाट सभापति, सचिव तथा सह–सचिव पदमा नयाँ नेतृत्व निर्वाचित भएको छ।

अन्तिम मतपरिणाम तल तालिकामा हेर्नुहोस

सभापति
– जयराम — २६४ विजयी
– प्रेम — २३३

सचिव
– ओमप्रकाश — २८७ विजयी
– रामचन्द्र — १९३

सह–सचिव
– बाल्कृष्ण — २८४ विजयी
– निशा — २०१

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार