24 न्यूज फायर /परासी ,१६ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं. २(ख) को प्रदेशसभा क्षेत्रीय अधिवेशनमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पक्षका उम्मेदवारहरू विजयी भएका छन्।
सभापतिमा गजानन्द पटेल २३६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जितेन्द्र अग्रहरीले १८८ मत पाए।
उपसभापतिमा विनोदलाल गुप्ता २७४ मत, सचिवमा केदारनाथ यादव २३३ मत, खुला सहसचिवमा अवधेशकुमार यादव २२६ मत र महिला सहसचिवमा राधिका कुमारी मौर्य २४१ मत प्राप्त गरी विजयी भएका छन्।
यससँगै क्षेत्र नं. २(ख) मा कँडेल पक्षले प्रमुख पदहरूमा आफ्नो प्यानल स्थापित गरेको छ। प्रतिस्पर्धामा रहेका केन्द्रीय सदस्य राधेश्याम पाठक पक्षका उम्मेदवारहरू भने उप विजेता भएका छन्।
क्षेत्रीय अधिवेशनको यो परिणामले नवलपरासी–२ मा कांग्रेसभित्रको समूहगत प्रतिस्पर्धालाई थप कसीलो बनाऊने अनुमान सरोकारवाला नेता कार्यकर्ताहरूले गरेका छन ।

