• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मुस्लिमलाई मधेशी थर सुचिकरणको माग गर्दै प्रधानमन्त्री र मुस्लिम आयोगलाई ज्ञापन पत्र

  •  
  • २०७९ माघ १६, सोमबार १०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । तराईका मुस्लिमलाई मधेशी समुदाय थर सुचिकरणबाट नहटाउन माग सहित प्रधानमन्त्री र मुस्लिम आयोगलाई ज्ञापन पत्र बुझाइएको छ । पश्चिम नवलपरासीका मधेशी मुस्लिम नागरिक समाजले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, मुस्लिम आयोग र मधेशी आयोगलाई उक्त निर्णय बदर गर्न माग सहित ज्ञापन पत्र बुझाएको हो । मधेशी आयोगले नेपालमा मधेशी समुदायको थर सुचिकरण अध्ययन प्रतिवेदन २०७८ बाट मुस्लिम आयोगको आग्रहमा मुस्लिमलाई मधेशी थर सुचिकरणबाट हटाएकोले तराईका बहुपहिचानवादी मुस्लिमहरु सोको विरोध गर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

    मधेशी मुस्लिम नागरिक समाज नवलपरासीका अगुवा मदरसा समन्वय समितिका अध्यक्ष हैदरअलि मोमिनको नेतृत्वमा जिल्ला प्रशासन मार्फत बुझाएको ज्ञापन पत्रमा मुस्लिमलाई मधेशी थर सुचिकरण प्रतिवेदनमा यथावत राख्न सम्बन्धित निकायमा पत्राचार गर्न, मधेशी मुसिल्मका पहिचानको संरक्षण गर्न र समानुपातिक सहभागिताको सुनिश्चितता गर्न माग गरिएको छ ।
    नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक अन्तर्गत आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जानजाति, मधेशी, थारु, मुस्लिम लगायत अन्य थुप्रै कलस्टरहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायहरुमा सहभागिताको हक सुनिश्चित गरेकोले सोही बमोजिम मुस्लिम समुदायका थरलाई पनि उक्त सुचिकरणबाट नहटाउन समाजको माग रहको अगुवा हैदर अलि मोमिनले जानकारी दिए । उनले भने, मुस्लिमलाई यसरी छुटाएर मधेशी मुस्लिम समुदायको समान भाषा, संस्कृति, इतिहास र वचनको आधारमा रहि आएको ऐतिहासिक मधेशी पहिचानलाई नै मेटन खोजिएको आरोप लगाए ।


    मधेशका ९२ जातिलाई मधेशी पहिचान कायम गरिएको र तराईका मुस्लिम हाल सम्म मधेशका मुस्लिम समुदायको मधेशी पहिचान कायम रहेकोले सोही निर्णय बमोजिम मुस्लिमको मधेशी पहिचान यथावत राख्न माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा उल्लेखित माग पुरा नभएमा र पहिचान मेट्न खोजिएमा नेपाल भरी वृहत मधेशी मुस्लिम आन्दोलन शसक्त रुपमा अगाडी बढाईने अगुवा मोमिनले जानकारी दिए ।


    मोमिनको नेतृत्वमा गएको डेलिगेशनमा ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मोलाना सैयद गुलाम हुसैन मिँया, स्लामिया मदरसा संघका अध्यक्ष बुद्धन अलि, फैजाने अहले बैत संस्थाका सल्लाहकार अमिरुल्लाह मिँया, मुस्लिम समाजसेवी ईजहार मिँया, हाजी ईस्हाक मिँया, सैयद हाजी ईजहार मिँया, नुरुल्लाह मियाँ, फैजाने अहले बैतका उपाध्यक्ष हुसैन अंसारी लगायतको उपस्थती रहेका थियो ।

    Post Views: 211

    प्रकाशित मिति: २०७९ माघ १६, सोमबार १०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.