नवलपरासी । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा पत्रकार शान्ता भन्डारी भण्डारी सम्मानीत हुनु भएको छ । पश्चिम नवलपरासीकै पहिलो महिला पत्रकार भण्डारी आइतबार एक कार्यक्रममा सम्मानीत हुनु भएको हो । प्रेस चौतारी नेपाल नवलपरासीले प्रदान गर्दै आएको प्रेस चौतारी सृजनशील पत्रकारीता पुरस्कार यस बर्ष पत्रकार भण्डारीलाई प्रदान गरिएको छ ।


नेकपा एमाले नवलपरासीका अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले आफ्नो छोरा शक्ति अधिकारीको स्मृतिमा सो सृजनशील पत्रकारीता पुरस्कार दिंदै आउनु भएको छ । कार्यक्रममा पत्रकार भण्डारीलाई नगद रु १० हजार, सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । यस अघि प्रेस चौतारी नेपालले ६ जना पत्रकारलाई सृजनशील पत्रकारीता पुरस्कारबाट सम्मानीत गरिसकेको छ ।



