
पुजा लम्साल,सुनवल।आगामी फाल्गुन ६ गते देखी बङ्गलादेशमा सुरु हुने अन्तराष्ट्रिय स्क्रावेल प्रतियोगितामा सहभागि हुने खेलाडीलाई आज सुनवलमा विदाई गरिएको छ । पश्चिम नवलपरासीको सुनवल ४ मा अवस्थित सुनवल युनाईटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा महेश पङ्गेनीलाई आज सुनवल नगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच सफलताको शुभकामना सहित विदाई गरिएको हो ।


सो अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सुर्य प्रसाद दुवे, शिक्षा शाखाका पशुपति भट्टराई, विद्यालयका प्राचार्य धनराज चापागाई, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतले संयुक्त रुपमा खादा तथा टिका लगाई शुभकामना व्यक्त गर्नूभयो ।जिल्लास्तरीय हुंदै गत पुष ३ गते भएको राष्ट्रियस्तरको प्रतियोगितामा पंगेनी अन्तर्राष्ट्रीय स्तरको प्रतियोगिताका लागि छनौट भएका हुन् ।

स्क्रवेल प्रतियोगिता अंग्रेजी भाषाका शब्दहरु छिटो निर्माण गरी आफ्नो क्षमता विकास गर्ने प्रतियोगिता हो । गत ६ महिना अगाडी मात्र विद्यार्थीहरुलाई स्क्राबेलको तालिम प्रदान गरिएको भए पनि छोटो अवधिमै अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सफलता प्राप्त गर्नु विद्यालयका लागि गौरवको विषय भएको विद्यालयका प्राचार्य चापागाईले बताउनुभयो ।

विद्यालयका अन्य ५०विद्यार्थी पनि यस खेलमा निपूर्ण रहेको उहाले बताउनुभयो । राष्ट्रिय स्क्राबेल प्रतियोगितामा बिजेता बन्दै अन्तराष्ट्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै २० खेलाडीले सहभागी हुने अवसर प्राप्त गरेका छन् ।



