४ अशोज २०८३, आइतवार

नगर प्रमुख अर्यालद्धारा जनसेवा माविमा २ कोठे भवनको शिलान्यास

न्यूज फायर,सुनवल । पश्चिम नवलपरासीको सुनवल ६ विसासयमा अवस्थित जनसेवा माध्यमिक विद्यालयको २ कोठे भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका विच सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले भवनको शिलान्यास गर्नुभएको हो ।

भवनको शिलन्यास गर्दै नगर प्रमुख अर्यालले जनसेवा स्कुल यस क्षेत्रकै नमुना विद्यालय भएकाले आगामी दिनमा अझ राम्रो बनाउनुपर्ने भनाई राख्नुभयो ।

आज शिलन्यास गरिएको दुई कोठे भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत साढे २२ लाख लागतमा निर्माण हुनेविद्यालयका प्राचार्य रमेश पौडेलले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन नाथ कवरको अध्यक्षतामा भएको भवन शिलन्यास कार्यक्रममा सुनवल वडा नं ६ का वडाध्यक्ष दिलिप चापागाई, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक,शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

सुनवल नगरको एक मात्र प्राविधिक विद्यालय जनसेवा माविमा हाल १२ सय विद्यार्थी अध्ययनरत छन् ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार