३ कार्तिक २०८३, सोमवार

बालमैत्री शासन – नवलपरासीका ४ मध्ये पहिलो बन्ने प्रयासमा जुट्दै सरावल गाउपालिका

न्यूज फायर,सुनवल ।पश्चिम नवलपरासीको सरावल गाउपालिकालाई बालमैत्री गाउँपालिका बनाउन गाउँपालिका लागि परेको छ । बालमैत्री गाउपालिका घोषणा हुन बाँकी रहेका जिल्लाका ४ गाउपालिका मध्ये सरावल गाउपालिकालाई पहिलो बालमैत्री गाउपालिका घोषणा गर्न गाउपालिका स्वयम अग्रसर रहेको देखीएको हो ।

गाउपालिकाका प्रत्येक वडामा बालमैत्री स्थानिय शासन तर्फका सूचकहरु चरणवद्ध रुपमा पुरा गर्ने गरी अभियान सुरु गरिएको गाउपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले बताउनुभयो । गत फाल्गुन १३ गते देखी गाउपालिकाले आयोजना गरेको बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै सरावल गाउपालिकालाई आगामी २०८३ साल भदौ २९ गते भित्र बालमैत्री स्थानिय शासन घोषणा कार्यका लागि सामुहिक प्रतिवद्धता समेत गरिएको छ ।

गाउपालिकाको वडा नं १ मा वालमैत्री स्थानिय शासन सम्बन्धि कार्यक्रमहरु सञ्चालन भईरहेको र यही असार मसान्त भित्रमा वडा नं १ लाई बालमैत्री वडा घोषणा गर्ने गरी तैयारी भईरहेको गाउपालिका उपाध्यक्ष वासमति हरिजनले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य,वालमैत्री स्व्यमसेवक,बालक्लवका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

वालमैत्री नगर गाउ घोषणा गर्न बालमैत्री स्थानिय शासन तर्फका ५१ वटा सूचकहरु चरणवद्ध रुपमा पुरा गर्नुपर्ने हुन्छ ।

जिल्लामा ३ नगरपालिका र ४ गाउपालिका छन् । त्यसमध्ये सुनवल र रामग्राम बालमैत्री नगर घोषणा भई सकेका छन् । अव जिल्लाका बर्दघाट नगरपालिका सहित ४ गाउपालिका बालमैत्री घोषणा हुन बाँकी छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार