

न्यूज फायर, नवलपरासी । नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश समितिको अध्यक्षमा डिल बहादुर थापा मगर चयन हुनुभएको छ । कपिलवस्तुको शिवराजमा सम्पन्न दोस्रो अधिबेशनबाट डिल बहादुर थापा मगरको अध्यक्षतामा ५५ सदस्यीय नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश कमिटि गठन भएको हो ।

जसको बरिस्ठ उपाध्यक्षमा जनक बहादुर थापा, उपाध्यक्षमा मन बहादुर थापा मगर, महिला उपाध्यक्षमा खगि कुमारी राना मगर, मुख्य सचिबमा कुल बहादुर सोमै मगर र संगठन सचिबमा कृष्ण राना मगर, खुल्ला सचिबमा सन्जिब थापा मगर, तेज बहादुर घर्ति मगर, किशोर बुढामगर, कोषाध्यक्षमा तारा पुन मगर, सह कोषाध्यक्षमा सिर्जना घर्ति मगर चयन हुनुभएको छ ।

सदस्यहरुमा क्रमशः दान बहादुर थामि मगर, टेक बहादुर राना मगर, पुस्पा देवि थापा मगर, शुशिला पुन मगर, तारा राना मगर , दया दर्लामि मगर , सरिता राना मगर कपिलवस्तु बिष्णु थापा मगर , सुस्मा थापा मगर , सुर्य बिक्रम राना रुपन्देही गिरि प्रसाद राना , मन बहादुर पुन , मिना कुमारी पुन , थर्क बहादुर राना , रण बहादुर घर्ती मगर , कबिर थापा मगर , अनिता राना मगर, कृष्ण बहादुर पुलामि लगायत हुनुभएको छ ।

त्यस्तै १८ मगरातमा बोलिने मगर खाम भाषा र काइके तथा १२ मगरातमा बोलिने मगर , उपाध्यक्ष र अनुशासन समिति संयोजक र निर्बाचन आयोग संयोजक लगाएत चयन भएको नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश समितिका उपाध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश अध्यक्ष बिमल सारु मगरको अध्यक्षता रहेको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेद्र पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पुनले मगरहरुले आफ्नो भाषा धर्म सस्ँकार आर्थिक संस्कृतिको संरक्षण सम्बर्द्धन गर्दै आर्थिक शैक्षिक सामाजिक क्षेत्रमा पनि मगरहरुको सहभागिता आजको आवश्यकता माथि जोड दिनु भएको थियो ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचन निर्वाचनमा निर्बाचित नगर प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष र सबै वडा अध्यक्षहरुलाइ कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सङ्गठन सचिब जितु तरामि मगरको स्वागत मनतब्य र मुख्य सचिब गोपाल पुन मगरको सञ्चालन रहेको थियो ।



