
सुनवल । गर्मी बढे संगै आखामा देखिने समस्यालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकवि देवकोटा नमुना मा. वि ले निशुल्क आँखा शिबिर संचालन गरेको छ । पछिल्लो समयमा आखामा देखिने समस्या पनि बड्दो छ । त्यसैलाई मध्यनजर गर्दै बिधालयमै निशुल्क आँखा शिबिर संचालन गरेको बिधालय प्रध्यानाध्यापक खेमलाल जोशी शर्माले बताउनु भयो ।


आँखा शिबिरको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देबकोटले पठनपाठन सगैं बिद्यार्थीको स्वास्थ चेकजाँचले निकै महत्व राख्ने बताउनु भयो ।

त्यस्तै बिधालयमा अतिरिक्त क्रियाकलाप सङै विभिन्न स्वास्थ शिबिरहरुलाई पनि प्राथमिकताका साथ ब्यवस्थापकिय पक्ष लाई अगाडी बढाएको बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष ज्ञान हरि अर्यालले बताउनु भयो ।

आँखा शिबिर कार्यक्रमलाई नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान, डा. बिनोद निता कंडेल आँखा अस्पताल परासीले सजिकरण गरेको बिधालयले जनाएको छ ।

आँखा शिबिर कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका सदस्य बिजय कर्माचार्य, प्रतिभा कार्की,तुल्सा क्षेत्री , राम्जी बाबू पराजुली , बिधालय शिक्षक अभिभावक संघ का अध्यक्ष डिल्लिराम शर्मा लगायतको उपस्थिति रहेको बिधालयले जनाएको छ ।
कक्षा नर्सरी देखि १२ कक्षा सम्म पठनपाठन हुने बिधालयका सम्पुणर् बिद्यार्थी हरुको आँखा चेकजाँच गरिएको बिधालयले जनाएको छ ।

