२ अशोज २०८३, शुक्रबार

देवदहमा स्रष्टा सम्मान तथा रचना वाचन सम्पन्न


रुपन्देही । अनुराग साहित्य समाज नेपालको आयोजनामा शनिबार देवदहमा रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष यमलाल अर्यालको अध्यक्षता र देवदह नगरपालिका नगरप्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रमेश हरिलट्ठकका भाई राजिव सापकोटाले उहाको जीवनी प्रस्तुत गरेका थीए।


कार्यक्रममा कला साहित्यका माध्यमबाट महत्वपूणर् योगदान पुर्‍याउनुहुने सर्जक साहित्यकारहरुलाई सम्मान गरिएको थियो। साहित्यकार रमेश हरिलट्ठको स्मृतिमा गठित रमेश स्मृति कोषले प्रदान गर्ने रमेश स्मृति सम्मान २०७६ बाट साहित्यकार बुद राना, २०७७ बाट साहित्यकार डा.घनश्याम परिश्रमी र २०७८ बाट साहित्यकार जीत बहादुर क्षेत्रीलाई सम्मानित गरिएको थियो।


त्यस्तै नवोदित साहित्य वाचनालय कतारले प्रदान गर्ने नवोदित कृत अवाड बाट साहित्यकार मिनराज बसन्त लाई प्रदान गरियो। सोही अवसरमा अनुराग साहित्य समाजका संस्थापक अध्यक्ष निर्मल ढुङ्गानालाई पनि सम्मान गरिएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरप्रमुख धुर्व खरेलले देवदह साहित्य, कला, संस्कृति र आध्यात्मिक नगरीको रुपमा विकास भैरहेको बताए। उनले देवदह नगरपालिकाले प्रज्ञा प्रतिष्ठानको कार्यविधि बनाएर अगाडी बढेको र देवदहलाई साहित्यको उर्भर भुमीको रुपमा विकास गर्ने बताए।


संस्थाका वरिष्ठ उपाध्यक्षमा सरस्वती बस्यालको स्वागत र सचिब शिवप्रसाद काफ्लेको संञचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार