• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काउनको भवन उद्घाटनसंगै श्रमिक दिवस शुभकामना सन्देश प्रवाह

  •  
  • २०८० बैशाख १८, सोमबार १८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ १३४ औ अन्तराष्टिय मजदुर दिवस मनाईएको छ ।

    सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।

    नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) पश्चिम नवलपरासीको आयोजनामा आज सुनवल सोमनाथमा श्रमिक दिवस मनाइएको छ । जिल्ला अध्यक्ष सोमप्रसाद पौडेलको अध्यक्षता तथा पुर्वगृहराज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि कँडेलले जबसम्म मुलुक सबल हुँदैन तबसम्म नागरिक सबल नहुने बताउदै राज्य आर्थिक रूपमा सबल नहुँदा नागरिकले राम्रो सेवा सुविधा नपाउने बताउनुभयो ।

    अनावश्यक खर्चलाई कम गरेर जनतालाई केही दिन सक्ने गरी जानु पर्ने र बोलेर मात्र नहुने हुदा लागू गर्न सक्नु ठुलो कुरा भएको उहाको भनाई थियो । प्रजातन्त्र दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएकोमा सरकारले अवका दिनमा २ प्रतिशतलाई आरक्षण मार्फत मजदुर श्रमिकहरुलाई पनि सम्मान गर्ने निणर्य गरेको उहाले बताउनुभयो। स्थानीय मजदुरहरुको पञ्जीकरण र विमा लगायतको काम स्थानीय सरकारको दायित्व रहेको सांसद कण्डेलले बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य खड्ग बस्नेतले हामी जहाँ भए पनि श्रमिकका मुद्दा एकै किसिमको हुने हुँदा हामीले उठाउने विषयहरुबाट विमुख हुन नहुने बताउनुभयो । सरकारलाई माग पुरा गर्न झक्झकाउने र एक माग पूरा गर्दै अर्को माग लिएर जाने हो भने श्रमिकको हितमा काम हुने बताउनुभयो । श्रमिक मजदुरलाई गरिने स्तर विभेदलाई घटाउनु पर्ने उहाको भनाई थियो । सरकारसंग मजदूरको पक्षमा लड्ने कुरामा आफू लाग्ने उहाले बताउनुभयो।

    कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री घनश्याम यादव, नेपाली काँग्रेस जिल्ला सचिव कुलदीप आचार्य, अखिल नेपाल ट्रेड युनियनका राम कुँवर केबट , नेकपा माओवादीका मोहन कार्की , काउन केन्द्रिय उपाध्यक्ष धर्म चापागाईं, सुनवल वडा नं ३ का वडा अध्यक्ष पविन् गुरुङ, बाल संरक्षण अधिकारी रेशम शर्मा , नेल्टा सदस्य प्रदेश विमल ढकाल लगायतले मजदूर नै निर्माणका आधार स्तम्भ भएकाले मजदुरको हकहित र अधिकारको संरक्षणका लागी संगठित हुन आवश्यक रहेको बताउनु भयो।

    अन्य संघ संगठनमा आवद्ध कर्मचारी, व्यवसायीहरुलाई जस्तै मजदुरहरुलाई पनि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष केशवनाथ कवर योगीको स्वागत मन्तव्य रहेको थियो ।

    आजै सोही अवसरमै काउन पश्चिम नवलपरासीको नवनिर्मीत भवनको उद्घाटन समेत गरिएको थियो ।

    Post Views: 145

    प्रकाशित मिति: २०८० बैशाख १८, सोमबार १८:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.