
सुनवल । पश्चिम नवलपरासीकोे सुनवल ५ हर्दियामा गार्मन्ट उद्योगमा आगलागी हुदा ८० लाख बरावरको क्षति भएको छ । आज विहान ४ बजे तिर बसन्त क्षेत्रीले संन्चालन गरेको टिन र ईटाले बनेको बुद्ध गार्मन्टमा अचानक आगोलागी भएको हो ।

प्रहरी , रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा करिव २ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

उक्त आगलागिबाट मानबिय तथा चौपाया क्षति नभएको भए पनि बुद्ध गार्मन्ट रहेको घर पुणर्रुपमा क्षति हुनुका साथै रोलो कपडा , तयारी कपडा , मेशिन फर्निचर र नजिकै रहेको २ वटा पक्की घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
बिद्युतको तार सर्ट भई आगोलागी भएको भन्ने बुझिएको र अन्य अनुसन्धान कार्य भईरहेको छ ।


