
परासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वुद्धसर्किटको एकिकृत विकास गर्ने योजना अनुरुप ४ वर्ष अघि पेश गरिएको रामग्राम स्तुपको वृहत गुरुयोजनाको कार्य तत्काल अगाडी वढाउने प्रतिवद्दता जनाएका छन् । २५६७ औं बुद्धजयन्तीको अवसरमा आज स्तुप परिषरमा उपस्थीत रामग्रामवासीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त गुरुयोजना अघि बढाउने आश्वासन दिए ।


बुद्धको उत्खनन् नगरिएको अस्तुधातु रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल रामग्राम स्तूप विश्वकै स्तूपा भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले यति धेरै ऐतिहासिक महत्व बोकेको स्थल भएपनि सरकारले यसको उचित विकास गर्न नसकेको स्वीकार गरे ।

लुम्बिनी विकास कोषले करिब सात अर्बको लागत अनुमान सहितको रामग्राम गुरुयोजना बनाई चार वर्ष अघि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा बुझाएको थियो तर आवश्यक पहल र पहुँच नपुग्दा गुरुयोजना मन्त्रि परिषद्बाट निणर्य हुन सकेको छैन ।

कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले लुम्विनी विकास कोषको मातहत रामग्रामलाई राखिएकोमा विकास हुन नसकेको गुनासो गरे । उनले रामग्राम विकासको लागि छुट्टै रामग्राम विकास कोष गठन गर्नुपर्ने अन्यथा स्थानीय सरकारले छुट्टै कोष गठन प्रकृयाको दिशामा अघी वढ्ने जिकीर प्रधानमन्त्री समक्ष गरेका छन् ।

बुद्ध जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले कोलिय गणराज्यको राजधानी एवं वुद्धको मावली नवलपरासीकै पण्डीतपुरबाट रामग्राम स्तुप सम्म रथयात्रा सहित धातु जात्रा निकालिएको थियो ।




