३० भदौ २०८३, मङ्लबार

इंजिनियरहरुको संगठन-पिनद्वारा  भोली रामग्राममा खुल्ला म्याराथुन दौड संचालन हुने । 

परासी/ श्रावण-२ प्रोग्रेशिप इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीले  भोली बिहीबार खुल्ला म्याराथुन दौड संचालन  गर्नेभएको छ।

 ६२ओै इन्जिनियरिङ दिवसको अवसरमा :३० बजे परासीको बुद्व चौकबाट आरम्भ भई पाबित्र अस्थि धातु स्थल रामग्राम स्तुपामा पुगी समापन हुने पिन नवलपरासीका सचिब सुवर्ण नेऊपानेले पत्रकार भेट मार्फत जानकारी दिएका छन।

पिन नवलपरासीका अध्यक्ष राजु ढकालले पत्रकार  भेट मार्फ़त जानकारी गराऊदै खुल्ला म्याराथुनको आयोजनाले युवाहरूको सम्मानस्वास्थ  तन्दुरुस्ती प्रवर्द्धन  युवा समुदायमा सकारात्मक उर्जा प्रवाह का साथै  धार्मिक सांस्कृतिक पर्यटन विकास  रामग्रामको महत्व थप उजागर हुने बताए ।

खुल्ला दौड प्रतियोगितामा सबै उमेर समुहका व्यक्तिहरू सहभागी हुन पाउने  र प्रतियोगितामा  प्रथम हुनेलाई रू१०हजार र सिल्डद्वितीयलाई रू हजार र सिल्ड  तृतीय हुनेलाई नगदरू हजार  सिल्ड प्रदान गरीने अध्यक्षढकालले पत्रकार भेट मार्फत जानकारी गराए  

एमाले निकट रहेको इंजीनियरहरुको नवलपरासी संगठन (पिन)ले समाजमा बिबिध शैक्षिक तथा स्वास्थ गतिबिधी , खेलकुद लगाएतका कार्यहरू गर्दै सामाजिक गतिविधिका क्रियाकलाप संचालन र इन्जिनियरहरूको हकहितकाआवाज उठाउदै आएको बताएको छ । कार्यक्रममा म्याराथुनको जर्शी समेत अनावरण गरीएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार