१४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी र निजी क्षेत्रका ४८ जना प्रतिनिधिको टोली ८७ सदस्यीय हुने भएको छ ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जादैहुनुहुन्छ । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने हुनुहुन्छ । ओली चार दिने उत्तरी छिमेकीको यात्रा सकेर मंसिर २० गते स्वदेश फर्किने तालिका छ ।
चीन भ्रमणको तयारीको लागि बिहीबार मात्रै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई चीन पुगिसक्नुभएको छ ।



