• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

  •  
  • २०८१ मंसिर १६, आईतवार ०७:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+


    मंसिर १६ । नेपालमा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।

    केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उहाँले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताउनुभयो । सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याएकोले सर्न कम भएर घटेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि खाइरहेका छन् ।

    औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । केन्द्रका निर्देशक डा. शर्माले अझै झन्डै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका र ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो ।

    नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशिने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरू जोखिम समूहभन्दा उच्च रहेको छ ।

    अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ ३७औँ विश्व एड्स दिवस मनाइँदै छ ।

    Post Views: 223

    प्रकाशित मिति: २०८१ मंसिर १६, आईतवार ०७:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित
    ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.