पौष ०९ । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । सोमबार राति सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार ७८२ मत ल्याएर उहा विजयी बन्नुभएको हो ।

मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहनुभएकी थापाले यसअघि जेसीज उपाध्यक्ष लगायत विभिन्न क्षेत्र र संस्थाको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गर्नुभएको छ ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी हुनुभएको छ ।



