• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल नगरपालिकाको सार्वजनिक सुनुवाई ः नदिजन्य पर्दाथको चोरी नियन्त्रण गर्न नगरवासीको माग

  •  
  • २०७९ पुष ६, बुधबार १६:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी, पुस ६ । सुनवल नगरपालिकाले चालु आर्थिक वर्षको चौमासिकमा गरेका विकास निर्माणका काम र सेवा प्रवाह बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बाल उद्यान सुनवलमा भएको कार्यक्रममा सहभागि नगरवासीले शैक्षिक सुधार, छाडा चौपायाको व्यवस्थापन, नदिजन्य पर्दाथको चोरी नियन्त्रण, खानेपानी समस्या लगाएतका विषयमा चासो देखाएका छन् । सुनवलमा खोलाको चोरी निकासी बढेको बताउदै तत्कालै ठेक्का प्रक्रिया मार्फत चोरी निकासिको नियन्त्रण गर्न सार्वजनिक सुनुवाईमा नगरवासीले जनप्रतिनिधिको ध्यानआर्कषण गराएका छन् । साथै विद्यालय शुल्कको विषयमा पनि नगरवासिले जोडतोडले कुरा उठाएका छन् ।
    निजि विद्यालयले पनि मनपरी शुल्क लिएको र सामुदायिक विद्यालयमा पनि निशुल्क शिक्षा प्रदान हुन नसकेको भन्दै यस तर्फ गम्भिर गर्न नगरपालिकालाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले खोलाजन्य पर्दाथको चोरी निकासि रोक्न आफुहरु प्रक्रियामा अगाडी बढेको बताउदै विगत लामो समय देखि खोलाको नियमित ठेक्का नलाग्दा समस्या भएको बताउनुभयो । आफुहरुले नियमसंगत तवरले काम गर्ने र खोलाको चोरी निकासी रोक्ने योजनाका साथ काम गरिरहेको बताउदै उहाँले यसमा सबै नगरवासीले पनि साथ दिनुपर्नेमा नगरप्रमुख अर्यालको जोड दिनुभयो ।
    भर्खर चालु आर्थिक वर्षको चार महिनाको अवधि सकिएको बताउदै उहाँले बजेटको सहि सदुपयोग गरेर सम्वृद्ध नगर बनाउने आफुहरुको अभियान जारी रहेको नगर प्रमुख अर्यालले बताउनुभयो । गरिब जेहेन्दार विद्यार्थिको शैक्षिक सुधारका लागी मेयर संग छात्रवृत्ति कार्यक्रम ल्याईएको बताउदै उहाँले नगरको शिक्षाको विकासमा कुनै कसर बाँकि नराख्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सुर्य प्रसाद दुवेले पुणर् रुपमा सरकारी विद्यालयमा पनि शिक्षा निशुल्क हुन नसकेको स्वीकार गर्दे यो सुनवलको मात्रै समस्या नभएको बताउनुभयो । विद्यार्थि सङख्या अनुरुपको शिक्षकको व्यवस्था नहुनु, नगरपालिकाको आन्तरिक स्रोत कमजोर हुनु लगाएतका कारण पुणर् निशुल्क शिक्षा प्रदान गर्न नसकिएको उपप्रमुख दुवेको भनाई थियो ।
    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरले चालु आर्थिक वर्षको चार महिनामा सम्पादन गरेका काम र आगामि कार्ययोजना विस्तृतमा प्रस्तुत गर्नुभएको थियो ।

    सो क्रममा वडा अध्यक्षहरु मन बहादुर थापा, राजेन्द्र यादव, पविन गुरुङ्ग, बालकृष्ण पंगेनी, नेत्रलाल शर्मा तिवारी, हिमलाल शर्मा, नारायणप्रसाद आचार्य, देउबहादुर गुरुङ्ग, विरवल चौधरी, दिलबहादुर थापाले उठेका प्रश्नको जवाफ दिनुभएको थियो । नगरपालिकाले सेवाप्रवाह र विकास निर्माणका काम बारे जनताको गुनासो पनि बुझ्ने र समाधानको उपाय खोज्ने गरी जनताप्रति उत्तरदायि र जवाफदेहि बन्न सार्वजनिक सुनुवाई चौमासिक रुपमा गर्ने योजना बनाएको जनाएको छ ।

    Post Views: 284

    प्रकाशित मिति: २०७९ पुष ६, बुधबार १६:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.