• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    News24television AWSAR PROGRAM Free Educational Consultancies' Organization Nepal NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP #निर्वाचन #विवरण

सुनवल नगरपालिकाको सार्वजनिक सुनुवाई ः नदिजन्य पर्दाथको चोरी नियन्त्रण गर्न नगरवासीको माग

  •  
  • २०७९ पुष ६, बुधबार १६:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी, पुस ६ । सुनवल नगरपालिकाले चालु आर्थिक वर्षको चौमासिकमा गरेका विकास निर्माणका काम र सेवा प्रवाह बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बाल उद्यान सुनवलमा भएको कार्यक्रममा सहभागि नगरवासीले शैक्षिक सुधार, छाडा चौपायाको व्यवस्थापन, नदिजन्य पर्दाथको चोरी नियन्त्रण, खानेपानी समस्या लगाएतका विषयमा चासो देखाएका छन् । सुनवलमा खोलाको चोरी निकासी बढेको बताउदै तत्कालै ठेक्का प्रक्रिया मार्फत चोरी निकासिको नियन्त्रण गर्न सार्वजनिक सुनुवाईमा नगरवासीले जनप्रतिनिधिको ध्यानआर्कषण गराएका छन् । साथै विद्यालय शुल्कको विषयमा पनि नगरवासिले जोडतोडले कुरा उठाएका छन् ।
    निजि विद्यालयले पनि मनपरी शुल्क लिएको र सामुदायिक विद्यालयमा पनि निशुल्क शिक्षा प्रदान हुन नसकेको भन्दै यस तर्फ गम्भिर गर्न नगरपालिकालाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले खोलाजन्य पर्दाथको चोरी निकासि रोक्न आफुहरु प्रक्रियामा अगाडी बढेको बताउदै विगत लामो समय देखि खोलाको नियमित ठेक्का नलाग्दा समस्या भएको बताउनुभयो । आफुहरुले नियमसंगत तवरले काम गर्ने र खोलाको चोरी निकासी रोक्ने योजनाका साथ काम गरिरहेको बताउदै उहाँले यसमा सबै नगरवासीले पनि साथ दिनुपर्नेमा नगरप्रमुख अर्यालको जोड दिनुभयो ।
    भर्खर चालु आर्थिक वर्षको चार महिनाको अवधि सकिएको बताउदै उहाँले बजेटको सहि सदुपयोग गरेर सम्वृद्ध नगर बनाउने आफुहरुको अभियान जारी रहेको नगर प्रमुख अर्यालले बताउनुभयो । गरिब जेहेन्दार विद्यार्थिको शैक्षिक सुधारका लागी मेयर संग छात्रवृत्ति कार्यक्रम ल्याईएको बताउदै उहाँले नगरको शिक्षाको विकासमा कुनै कसर बाँकि नराख्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सुर्य प्रसाद दुवेले पुणर् रुपमा सरकारी विद्यालयमा पनि शिक्षा निशुल्क हुन नसकेको स्वीकार गर्दे यो सुनवलको मात्रै समस्या नभएको बताउनुभयो । विद्यार्थि सङख्या अनुरुपको शिक्षकको व्यवस्था नहुनु, नगरपालिकाको आन्तरिक स्रोत कमजोर हुनु लगाएतका कारण पुणर् निशुल्क शिक्षा प्रदान गर्न नसकिएको उपप्रमुख दुवेको भनाई थियो ।
    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरले चालु आर्थिक वर्षको चार महिनामा सम्पादन गरेका काम र आगामि कार्ययोजना विस्तृतमा प्रस्तुत गर्नुभएको थियो ।

    सो क्रममा वडा अध्यक्षहरु मन बहादुर थापा, राजेन्द्र यादव, पविन गुरुङ्ग, बालकृष्ण पंगेनी, नेत्रलाल शर्मा तिवारी, हिमलाल शर्मा, नारायणप्रसाद आचार्य, देउबहादुर गुरुङ्ग, विरवल चौधरी, दिलबहादुर थापाले उठेका प्रश्नको जवाफ दिनुभएको थियो । नगरपालिकाले सेवाप्रवाह र विकास निर्माणका काम बारे जनताको गुनासो पनि बुझ्ने र समाधानको उपाय खोज्ने गरी जनताप्रति उत्तरदायि र जवाफदेहि बन्न सार्वजनिक सुनुवाई चौमासिक रुपमा गर्ने योजना बनाएको जनाएको छ ।

    Post Views: 164

    प्रकाशित मिति: २०७९ पुष ६, बुधबार १६:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
    नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..
    सयपत्री साकोस सुनवलको २५औं साधारण सभा सम्पन्न
    ताजा अपडेट
    • १. फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना

    • २. दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

    • ३. एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ

    • ४. ३ महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    • ५. गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

    चर्चित
    • १. पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • २. कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

    • ३. नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

    • ४. ३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

    • ५. अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ पर्यटकले गरे नेपाल भ्रमण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.